शोकमय झैँ बित्यो पाँचौँ गणतन्त्र दिवस
आज
जेठ १५ गते अर्थात पाँचौं गणतन्त्र दिवस सुनसानमय झैँ बितेको छ । आज आम
नेपालीलाई गणतन्त्र दिवसको आभाष मिलेन । जननिर्वाचित एक मात्र संस्था
संविधानसभा संविधान नै नबनाई विघटन भएपछि आम सर्वसाधरणमा निराशाको बाँधमा
गणतन्त्र दिवस परेकाले शोकमय झैँ मात्रै बन्न पुगेको छ ।
यद्यपी राजधानी तथा राजधानी बाहिर केही कार्यक्रमको आयोजना भने गरिएको छ । पाँचौं गणतन्त्र दिवस २०६९ को उपलक्ष्यमा राजधानीको सैनिक मञ्च टुँडिखेलमा आज विशेष समारोहको आयोजना समेत गरिएको थियो ।
यद्यपी राजधानी तथा राजधानी बाहिर केही कार्यक्रमको आयोजना भने गरिएको छ । पाँचौं गणतन्त्र दिवस २०६९ को उपलक्ष्यमा राजधानीको सैनिक मञ्च टुँडिखेलमा आज विशेष समारोहको आयोजना समेत गरिएको थियो ।
गणतन्त्र दिवस मूल समारोह समितिले आयोजना गरेको सो समारोहमा राष्ट्रपति डा रामवरण यादव, उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री डा बाबुराम भट्टराई, प्रधानन्यायाधीश खिलराज रेग्मी, मन्त्रिगण, संवैधानिक निकायका पदाधिकारीहरू, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख प्रतिनिधिहरूको सहभागिता थियो ।
तर उनीहरु पनि मञ्चमा बसिरहँदा शोकमा डुबे झैँ देख्न सकिन्थ्यो । बेला भईन्जेल अन्त अन्त लडारिने अनि अन्तिममा पछुताउने बानिका कारण आम नेपाली नै संविधानसभाको शोकमा डुब्न बाध्य हुनुपरेको हो ।
त्यहाँ आयोजित समारोहमा समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्काउट र विद्यार्थीहरूद्वारा मार्चपास गरिएको थियो भने राष्ट्रिय खेलकुद परिषद्द्वारा विविध खेलकुद प्रदर्शन गरिएको थियो ।
यस्तै विकाससँग सम्बन्धित विभिन्न मन्त्रालय र मातहतका विभागहरूबाट विकास गतिविधि झल्कने झाँकी प्रदर्शनी गरिएको थियो ।
यसैगरी उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका विविध परम्परागत सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।
समारोहलाई सम्बोधन गर्दै गणतन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष एवम् प्रधानमन्त्री डा बाबुराम भट्टराईले विभिन्न सङ्घर्ष र बलिदानबाट प्राप्त गणतन्त्रको ऐतिहासिक दिनलाई संविधान निर्माणको प्रक्रियाले केही ओझेलमा पारेको भन्दै दुःख व्यक्त गर्न भ्याएका थिए ।
अघिल्ला वर्षहरूमा सबै दलका प्रमुख नेताहरू उपस्थित रहने गणतन्त्र दिवस समारोहमा यसपटक भने कुनै पनि राजनीतिक दलका नेता नपुग्दा दिवस खल्लो महसुस भएको थियो ।
प्रकाशित मिति:
May 28, 2012