नेता तथा सभाषदलाई गाउँ फर्कन जनताबाटै सुरक्षा चुनौती
संविधान नै नबनाई संविधानसभा भंग भएपछि अहिले राजनीति दल तथा सभाषदलाई जनताबाटै सुरक्षा चुनौती बढ्न थालेको छ ।
जनप्रतिनिधिमूलक संस्था संविधानसभाबाट समय थप्दा थप्दा पनि संविधान जारी गर्न दलहरु फेल भएपछि सर्वसाधरणमा निराशा र आक्रोश बढ्न गएको हो ।
यसै क्रममा बागलुङका ठूला राजनीतिक दलका कार्यालयमा प्रहरीले सुरक्षा पहरा दिन थालेको छ ।
संविधान जारी हुन नसकेपछि पार्टी कार्यालयमा तोडफोड हुने आशङ्काले सुरक्षा दिनुपरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद सिवाकोटीले प्रष्ट बताएको राससले जनाएको छ ।
उनका अनुसार अहिले एकीकृत नेकपा (माओवादी), नेपाली काँग्रेस र नेकपा एमालेको पार्टी कार्यालयमा सुरक्षार्थ प्रहरी तैनाथ गरिएको छ ।
बेला भइन्जेल अन्त अन्तै अल्झिएका दलहरुले बेलैमा बुद्धि पुर्याउन नसक्दा यस्तो अवस्था निम्तिएको हो । अब नेता तथा सभाषदहरुलाई गाउँ फर्कन सबैभन्दा ठूलो चुनौती जनता भएको विश्लेषण गर्न थालिएको छ । यस्तो संक्रमणका बेला पुरानो रिस ईबीका कारण पनि उनीहरुलाई झनै सुरक्षा चुनौती बढेर गएको छ ।

प्रकाशित मिति:
May 28, 2012