यसरी अन्त्य भयो एक मात्र जननिर्वाचित संस्था 'संविधानसभा'
संविधानविनै संविधानसभा भंग, अर्को चुनाव मंसिर ७ मा, प्रंधानमन्त्रीद्वारा सम्बोधन
संविधानविनै संविधानसभा भंग भएको छ । तर सरकारले आगामी अर्को निर्वाचन मंसिर ७ गतेका लागि तोकेको छ । जुन चुनावको प्रस्ताव कांग्रेस एमालेले भने स्वीकार गरेका छैनन् ।
संविधानसभा भंग हुनु लगभग केही मिनेट अगाडी मात्रै प्रधानमन्त्रीले बालुवाटारमा पत्रकार सम्मेलन गरेर घुमाउरो शैलिमा कांग्रेस एमालेका कारण संविधान बन्न नसकेको बताएका छन् ।
उनले संघीयता कांग्रेस एमालेको शब्दकोषमै नभएको उल्लेख गरेका थिए ।
राज्यपुर्संरचना आयोगको १० र संविधानसभाको समितिले दिएको १४ वटा प्रदेशको प्रस्तावमा छलफल गर्न भन्दा उनीहरु नमानेको प्रधानमन्त्रीले उल्लेख गरेका थिए ।
उनले सम्बोधनका क्रममा कसैलाई दोष दिन नचाहने भन्दै राजनीतिक सहमति बिना फेरि पनि अगाडि बढ्ने अवस्था नरहेको बताए ।
उनले विविधताले भरिएको हाम्रो देशको भविष्य उज्जवल भएको भन्दै यसपटक संविधानसभाबाट संविधान नबनेपछि मसिंर ७ गतेको निर्वाचनमा सबैले आ-आफ्नो एजेन्डा लिएर अगाडि जानुपर्ने बताए ।
उनले भने जनताका मुद्दाहरु केन्द्रमा राखेर आगामी निर्वाचन हुनेछ । निराश नबनिकन नयाँ नेपाल निर्माणका लागि हातेमालो गर्दै अगाडि बढ्नुपर्छ ।
उनले राष्ट्रपतितर्फ केन्द्रित हुँदै आगामी निर्वाचन मन्त्रि परिषदले नै पूरा गर्ने पनि बताएका छन् ।
लाइभ अपडेट :
- 12:6 - १२ बजिसकेको छ । त्यसैले जननिर्वाचित एक मात्र संस्था संविधानसभा भंग भएको छ । अहिले प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गरिरहेका छन् ।
- 12:00 - जननिर्वाचित एक मात्र संस्था संविधानसभा भंग भएको छ ।
- 11:59 - ११:४५ मा हुने भनिएको प्रधानमन्त्रीको सम्बोधन केही समयपछि सूर भएको छ । देशमा संवैधानिक अन्यौलता । १२ बजेपछि औपचारिक र संवैधानिक रुपमा आफैँ संविधान विघटन हुनेछ त्यससँगै प्रधानमन्त्रीपछि बर्खास्त हुने तर्क बढ्न थालेको छ । त्यसपछि के हुने हो भन्नेबारे अझै अन्यौलता कायमै छ ।
- 11:45 - संविधानसभाको समय सकिन १५ मिनेट बाँकी रहँदा सभासदहरु निन्याउरो अनुहार लाउंदै संविधानसभाबाट बाहिरिएका छन् ।
- 11:40 - ११: ४५ बजे प्रधानमन्त्रीद्वारा राष्ट्रका नाममा सम्बोधन हुँदै । अहिले राष्ट्रपतिसँग छलफल ।
- 11:35 - प्रचण्डले यसअघि यसअघि पत्रकारहरुसँग यसो भनेका थिए ।
11:30 - संविधानसभाको समय सकिन आधा घण्टा अगाडी यसरी अपडेट हुँदै छ अनलाइन खबरहरुमा जसको खबरहरु
- 11:25 - सरकारले आगामी मंसिर ७ गते संविधानसभा चुनाव गराउने निर्णय गरेको छ । प्रधानमन्त्री बाबुराम भट्टराईको मन्त्रिपरिषद्को आइतबार राति ११ बजे बसेको बैठकमा उक्त प्रस्ताव गरेपछि एमाले र साना दलले अस्वीकार गरेका छन् । एमालेकातर्फबाट सरकारको नेतृत्व गरेका उपप्रधानमन्त्री ईश्वर पोखरेल, साना दलका पर्शुराम खापुङ, चन्द्रदेव जोशी, एकनाथ ढकाललगायतले एकतर्फी प्रस्ताव ल्याएको भन्दै अस्वीकार गरेका छन् । अन्य मन्त्रीले अस्वीकार गरे पनि प्रधानमन्त्रीय पद्धती भएकाले निर्णय भएको हो ।
- 11:02 - आकस्मिक मन्त्रिपरिषदको बैठकमा सरकारद्वारा मंसिर ७ गते नयाँ चुनावको प्रस्ताव । एमाले मन्त्रिहरुद्वारा बहिस्कार गर्दै बैठकबाट बाहिरिए । बैठक जारी । के हुन्छ भन्नेबारे अझैँ अन्यौल ।
- 10:59 - अहिले प्रधानमन्त्री डा. बाबुराम भट्टराई राष्ट्रपतिलाई भेट्न गएका छन् । अहिले केही समयपछि मन्त्रिपरिषदरको बैठक बस्दैछ । त्यसपछि भने प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्ने छन् ।
- 10:55 - अबका दुई विकल्प संकटकाल लगाएर संविधानसभाको म्याद थप्ने कि नयाँ चुनावमा जाने भन्ने विषय अझै अन्यौल छ । यो दुवै विकल्प उत्ति नै सम्भावनायोग्य छन् ।
- 10:53 - सर्वोच्चको म्याद नथप्ने निर्देशन पछिका तीन विकल्पमध्ये संविधान जारी गर्न सकिने विकल्प अब लगभग सकिएको छ । १२ बजे मात्रै बाँकी छ त्यसपछि आफैँ संविधानसभाको अन्तिम बैठक नै नबसी संविधान विघटन हुनेछ ।
- 10:38 - यो फोटो आज साँझ झडप हुनु पूर्वको हो ।
- 10:30- प्रधानमन्त्री बाबुराम भट्टराईले केहीसमय पछि सिहंदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्दै
- 10:00 PM - केही समय अगाडी प्रचण्डले पत्रकारहरुसँग बैठकबाट बाहिरिदै संविधान जारी गर्ने अवस्था नरहेको जनाउँदै अब रुपान्तरित संसद् वा संकटकालका विकल्पबारे छलफल भइरहेका छन् ।
- 9:28 - संविधानसभा भवनमा सभासद्हरुले उपाध्यक्ष पुर्णकुमारी सुवेदीलाई घेरेर राखेका छन् । उनीहरुको माग सभा सुरु गर्न वा सभाध्यक्ष बोलाउन माग गरिरहेको कान्तिपुरले उल्लेख गरेकोछ ।
- 9:03 - संविधान जारी गर्न माग गर्दै बाहिरी विभिन्न जिल्लाहरुमा पनि नारा जुलुस निस्किएको समाचारहरु प्राप्त भएको छ ।
यसअघि संविधानसभा अगाडी भएको झडपको दृश्य यही हो ।
- 8:40 - सिपी गजुरेलका अनुसार अब संविधान निर्माणमा सहमति जुट्न नसकेकाले नयाँ चुनावको घोषणाका लागि छलफल भइरहेको छ रे । अर्कोतर्फ संकटकाल लगाएर ६ महिना संविधानसभाको म्याद थप्ने पनि चर्चा छ ।
- 8:32 - सहमति नभएको सूचना आएपछि संविधानसभा परिसरमा नेताहरु विरुद्ध सभासद्ले चर्का नारावाजी सुरु गरेका छन् । उनीहरुले बालुवाटारमा होइन संविधानसभा भवनमा बैठक गर, ६ सय १ लाई बन्धक बनाउन पाइँदैन लगायतका नारावाजी गरिरहेका छन् ।
- 8:22 - संबिधान जारी नहुने लगभग निश्चित भएपछि उत्पन्न परिस्थितिको बारेमा छलफल गर्न भन्दै मन्त्रीपरिषदको बैठक बस्दै । सरकार संसद बैठक डाकेर नयां निर्वाचनको घोषणा गर्ने तयारीमा रहेको जनाइएको ।
- 8:19 -संबिधानसभा भवन बाहिर प्रर्दशनमाथि हस्तक्षेप गर्दै प्रहरी । अहिले पनि संबिधानसभा भवन बाहिर तनाव र झडप यथावत छ ।
- 8:16 - अहिले संविधानसभा बाहिर विभिन्न समुहले नाराबाजी गरिरहेका छन् । संविधान सभा भित्र भने संविधान जारी नगरि संविधान जारी गर्न नपाइने भन्दै सभाषदहरु नारा जुलुस लगाउँदै छन् ।

प्रकाशित मिति:
May 27, 2012