सेक्स एउटा डरलाग्दो विषय हो, म आधारभूत आवश्यकता भित्रै राख्छु : ऋचा
सेक्स एउटा डरलाग्दो विषय हो, म आधारभूत आवश्यकता भित्रै राख्छु : ऋचा शर्मा (नायिका)
Richa Sharma, Actress |
तपाईंको विचारमा
यौन के हो ?
म यसलाई आधारभूत
आवश्यकताभित्रै राख्छु। आवश्यकताको कुरा अवसर र ठाउँअनुसार
प्रयोग
गरिनुपर्छ।
विवाहअघिको सेक्स
कत्तिको जायज छ ?
पुरानो मान्यताका
आधारमा विवाहअघि त्यस्तो सम्बन्ध नाजायज भए पनि अहिले प्रेममा सेक्स सामान्य
भैसकेको छ तर यसलाई गोप्य नै राख्नुपर्छ।
ऋचालाई अहिले
सेक्स वर्कर भन्न थालिएको छ नि ?
हा हा
हा...चलचित्र 'हाइवे' मा मैले सेक्स वर्करको भूमिका निर्वाह गरेकीले
अहिलेलाई त्यस्तो भनिएको हो।
फस्टभल र मेरो लभ
स्टोरीमा पनि करिब त्यस्तै भूमिकामा हुनुहुन्थ्यो नि ?
कलाकार भएपछि
जस्तो भूमिकामा पनि अभिनय गर्नुपर्छ। चलचित्रको भूमिकाका कारण मलाई वास्तविक
जीवनमा रत्तिभर डर लाग्दैन।
सेक्स वर्करको
भूमिका निर्वाह गर्न कसरी तयार हुनुभयो ?
सेक्स एउटा
डरलाग्दो विषय हो। चुनौतीका रूपमै भूमिकालाई आत्मसात् गरेकी हुँ किनभने म अभिनयमा
चुनौती स्वीकार गर्न तयार छु।
(साप्ताहिकसँगको कुराकानीमा आधारित)
प्रकाशित मिति:
June 23, 2012