प्रचण्डलाई अर्थमन्त्री पुनले भने- 'मलाई सचिव मिलाई दिनु है'
असार ९ – आर्थिक वर्ष २०६९/०७० को बजेटमा सहमति जुटाउनका लागि विभिन्न राजनीतिक दलका शीर्ष नेतासँग निरन्तर भेटघाट गर्दै आएका अर्थमन्त्री वर्षमान पुनले एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आज भेटघाट गरेका छन् ।
दाहाल निवास लाजिम्पाटमा भएको भेटमा राजनीतिक सहमतिमै बजेट ल्याउनका लागि सहयोग गर्न अर्थमन्त्री पुनले अध्यक्ष प्रचण्डलाई अनुरोध गरेको अर्थसचिव कृष्णहरि बास्कोटाले जानकारी दिएका छन् ।
राजनीतिक सहमतिमा नै आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्नेमा नेपाली काँग्रेस र नेकपा (एमाले)का नेताहरूले जोड दिई राखेको सन्दर्भमा एमाओवादी अध्यक्ष प्रचण्डले पनि सहमतिकै आधारमा बजेट ल्याउनका लागि आफू र आफ्नो पार्टी सकारात्मक रहेको बताए ।
यतिबेला सरकारलाई बजेट ल्याउन निक्कै चटारो आईपरेको छ । कांग्रेस एमालेले बिना सहमति यो सरकारले बजेट ल्याउने हैसियत नभएको भन्दै बजेट ल्याउन नदिने भएपछि अर्थमन्त्री दौडधुपमा रहेका हुन् ।
तर, सरकारलाई बजेटको चटारो रहेपटी एमाओवादीलाई भने पार्टी भित्रको पदको पनि उति नै गमी बढेर गएको छ ।
यतिबेला नेताहरु रिक्त पदका लागि दौडधुपमा लागेका छन् ।
सोही मध्येका एक हुन् वर्षमान पुन अनन्त अर्थात अहिलेका अर्थमन्त्री । अहिले मोहन वैद्य समुहले पार्टी छाडेपछि रिक्त पदमध्ये सचिव बन्न चाहनेहरूमा स्थायी समिति सदस्य वर्षमान पुन पनि एक हुन् । त्यसपछि अमिक शेरचन, गिरिराजमणि पोख्रेल र टोपबहादुर रायमाझी पनि सचिव पाउने आशामा दगुरिरहेका छन् ।
सचिवमा प्रचण्ड पुनलाई बनाउन चाहन्छन् । प्रचण्डनिकट पुन, भट्टराईनिकट शेरचन र रायमाझी र श्रेष्ठनिकट पोख्रेल हुन् । प्रचण्डकै दाहिने हात मानिदै आएका पुन प्रचण्डलाई भेट्दा अहिले पनि मलाई सचिव बनाउनुपर्यो भनेर दबाब दिने गरेको स्रोत बताउँछ ।
यस्तै महासचिव पदमा पनि हानाथाप कम छैन । महासचिवमा बढी विवाद देखिए उपाध्यक्षमा हाल सचिव रहेका पोस्टबहादुर बोगटी चयन हुने सम्भावना छ । त्यसो भएमा स्थायी समिति सदस्य कृष्णबहादुर महरा महासचिव बन्ने सम्भावना छ । उपाध्यक्ष नराख्ने सहमति भए बोगटी महासचिव हुने सम्भावना छ ।
यता, स्थायी समिति सदस्यहरू देव गुरुङ, नेत्रविक्रम चन्द नयाँ पार्टीमा गइसकेकाले ती दुई पदका आकांक्षी पनि छन् । यी पदमा पनि तीन पक्षीय प्रचण्ड, बाबुराम र प्रकाशको उत्ति नै हानाथाप रहेको छ ।
वरिष्ठ उपाध्यक्ष मोहन वैद्यले नेकपा(माओवादी गठन गरेपछि रिक्त यी पद तत्काल पूर्ति हुने सम्भावना भने कम छ ।

प्रकाशित मिति:
June 23, 2012