• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » नफुट्ने भो एमाले, माओवादीको सिको गदै विचार समुह गठन
नफुट्ने भो एमाले, माओवादीको सिको गदै विचार समुह गठन

असार ७ - एकल जातीय पहिचानसहितको संघीयता नेतृत्वले अस्विकार गरेपछि असन्तुष्ट एमालेका केही जनजाति तथा मधेशी नेताहरूले पार्टी भित्र आफ्नो विचारको समूह बनाई संघर्ष गर्ने निर्णय गरेका छन् ।



तत्काल पार्टी नछाडी आफ्नो विचारका पक्षमा मत बढाउने निष्कर्षमा नेताहरू पुगेका छन् । दुई दिन धुलिखेलमा बसेको असन्तुष्ट नेताहरूको बैठकले पार्टीमै रहेर आफ्ना विचारका पक्षमा संघर्ष गर्दै शक्ति संचय गर्ने रणनीति बनाएको हो ।

पार्टीले आफ्ना विचारको कदर नगरे अन्त्यमा पार्टी छाड्ने उनीहरूको तयारी छ । बैठकमा सहभागी अधिकांशले पार्टी भित्र अन्तरसंघर्ष गर्नुभन्दा नयाँ पार्टी खोल्नुपर्ने पक्षमा मत राखे पनि तत्काल अन्तरसंघर्षमै जाने र संविधानसभा पुनःस्थापनाका लागि सडक संघर्षमा जाने निर्णय गरेको छ । बैठकपछि एमाले उपाध्यक्ष अशोक राईले पार्टी भित्र आफूहरूको छुट्टै विचारधारा भएकाले छुट्टै बैठक बसेको बताए । उनले संविधान बन्नका लागि संविधानसभा पुनःस्थापनाका लागि त्यसका पक्षमा उभिने सबैसँग सहकार्य गरेर सडक संघर्ष गरिने जनाए ।

राईले पार्टीले एकल जातीय राज्य नमाने पनि आफूहरू जातीय पहिचानसहितको संघीय संरचनामै रहेको र त्यसका लागि पार्टी भित्र संघर्ष गर्ने बताए । पार्टीको राष्ट्रिय भेलाले गरेको निर्णय यथास्थितिवादी र प्रतिगामी रहेको जनजाति नेताहरुको आरोप छ । उनले संविधानसभा बाहेक कुनै बाटोबाट ल्याइने संविधान आफूहरुलाई मान्य नहुने चेतावनी दिए ।

अशोक राई, पोलिब्युरो सदस्य रामचन्द्र झा, पृथ्बीसुब्बा गुरुङ, केन्द्रीय सदस्यहरू राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ, शत्रुघन महतो, किरण गुरुङ, दलबहादुर रानामगर, रिजवान अन्सारी, हेमराज राई र गोपाल ठाकुर लगायत २२ जना भेलामा सहभागी थिए ।

प्रकाशित मिति: June 21, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
गृह पृष्ठ |