बस दुर्घटनामा सत्र यात्रु घाइते
असार ८ – सिरहामा आज बस दुर्घटनामा परी १७ यात्रु घाइते भएका छन् ।
पूर्वपश्चिम लोकमार्गको मेदनीपुरस्थित सरस्वती खोलापारिमा आज बिहान बस दुर्घटना हुँदा उनीहरु घाइते भएका हुन ।
घाइतेमध्ये चारजनाको अवस्था गम्भीर छ । घाइतेध्ये सङ्खुवासभा मूलखर्क–१ का ३० वर्षीय तेजबहादुर रोक्का, ताप्लेजुङ चाँगे–६ का ४२ वर्षीय रत्न तामाङ र सुनसरी भोक्राहा–८ का २२ वर्षीय दीपेन्द्र रामको न्युरो र मोरङ डाँगीहाट–८ का बस चालक ३० वर्षीय सुभाष थापाको नोवेल मेडिकल कलेज एन्ड शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
काठमाडौँबाट कांकडभिट्टातर्फ गइरहेको बा४ख १०४१ नम्बरको बसले सोही दिशाबाट गइरहेको ना२ख २६३० नम्बरको ट्रकलाई पछाडिबाट ठक्कर दिँदा सो दुर्घटना भएका हो ।

प्रकाशित मिति:
June 22, 2012