• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Prawas » हृदयघातका कारण कतारमा एक नेपालीको निधन
हृदयघातका कारण कतारमा एक नेपालीको निधन

असार ८ – वैदेशिक रोजगारका लागि कतार पुगेका खोटाङका एक जनाको हृदयघातका कारण मृत्यु भएको छ ।    एक बर्षअघि कतार पुगेका खोटाङ बतासे–३ का ३० बर्षका कबिन राईको हृदयघातका कारण मृत्यु भएको हो ।

 वुधवार कतारको रैयानस्थित आफ्नै कोठामा सुतेकै अवस्थामा हृदयघातका कारण मृत्यु भएको राईसँगै बस्ने चन्द्रसेर राईले टेलिफोन मार्फत उनको मृत्युको खबर दिएका हुन् ।

 कतारको हमादस्थित अस्पतालमा राखिएको राईको शब परराष्ट्र मन्त्रालय मार्फत नेपाल ल्याउने तयारी भइरहेको बताइएको छ । बिदेश जाँदा लिएको ऋण नतिरी राईको मृत्यु भएपछि परिवारलाई ऋण तिर्ने चिन्ता परेको मृतकका परिवारजनले आफ्नो पीडा सुनाएका छन् ।

 गएको बैसाख यता वैदेशिक रोजगारीको सिलसिलामा बिदेश पुगेका खोटाङका तीन जनाको उतै मृत्यु भइसकेको छ ।

प्रकाशित मिति: June 22, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
गृह पृष्ठ |