भारतले गर्दा जहाँ नेपालको पन्ध्र हजार हेक्टरमा लगाइएको धान सुकेर नष्ट हुँदै
असार ८ – दक्षिणी मित्र राष्ट्र मानिएको भारतको कारण नेपालको १५ हजार हेक्टर जमिनमा लगाइएको धान सुकेर नष्ट हुने अवस्थामा पुगेको छ ।
सप्तरीस्थित कोसी पश्चिमी नहरमा एक महिनादेखि भारतले पानी नछाड्दा नेपाली किसानले लगाएको चैते धान सुक्न थालेको हो ।
भारत सरकारको नियन्त्रणमा रहेको कोसी पश्चिमी नहरबाट सम्झौताअनुसार पानी नदिएकाले नेपाली किसानले ठूलो मार बेहोर्न बाध्य हुनु परेको हो ।
पानीको अभावमा किसानले वैकल्पिक साधन प्रयोग गरेर जसोतसो धान रोपेका थिए । तर, अहिले उक्त धानखेतीमा पानी लगाउन आवश्यक भए पनि नहरमा भारतले पानी दिन रोक लगाएपछि १५ हजार हेक्टर जमिनमा लगाइएको चैते धान सुक्ने अवस्थामा पुगेको हो । सप्तरीमा गरिने चैते धानमा पानी लगाउने एकमात्र साधन कोसी पश्चिमी नहर हो ।
पानीको अभावमा किसानले वैकल्पिक साधन प्रयोग गरेर जसोतसो धान रोपेका थिए । तर, अहिले उक्त धानखेतीमा पानी लगाउन आवश्यक भए पनि नहरमा भारतले पानी दिन रोक लगाएपछि १५ हजार हेक्टर जमिनमा लगाइएको चैते धान सुक्ने अवस्थामा पुगेको हो । सप्तरीमा गरिने चैते धानमा पानी लगाउने एकमात्र साधन कोसी पश्चिमी नहर हो ।
जसको सम्पूर्ण जिम्मेवारी भारत सरकारको अधीनमा हुन्छ । बहुचर्चित कोसी सम्झौताअनुसार सप्तरीको कुल खेतीयोग्य जमिनमध्ये ६० हजार हेक्टर जमिनलाई सिँचाइ पु¥याउने सहमति भएको छ । तर, कोसी पश्चिमी नहरको सम्पूर्ण संरचना अझैसम्म निर्माण नभएकाले हाल मूल नहरबाट जिल्लाका १२ हजार हेक्टरमा मात्र सिँचाइ भइरहेको छ ।
यस्तै, कोसी मूल नहरबाटै पानी जाने गरी निर्माण भएको कोसी पम्प नहरबाट सप्तरीको नौ हजार हेक्टर जमिनमा सिँचाइ भइरहेको छ ।
तर, कोसी मूल नहरमै भारतले पानी नछाड्दा दुवै नहरको भरमा लगाइएको चैते धान सुक्न थालेको हो ।
कोसीको मूल नहरसँग जोडिएका भारदह, हनुमाननगर, योगिनियाँ, कोइलाडी मधेपुरा, इटहरी विष्णपुर, मधवापुर, कोचाबखारी सहितका गाविसमा चैते धानको बढी खेती गर्ने गरिएको छ । ‘महँगो मूल्यमा डिजल खरिद गरेर जसोतसो धान रोपेँ’–मधुवापुरका अगुवा किसान झोली मण्डलले भने–‘नहरमा पानी आउँछ भन्ने आशमा छु, तर, दुई महिना बितिसक्यो, नहरमा पानी नै आएको छैन, अब पनि पानी आएन भने रोपिएका सबै धान डढ्नेछ ।’
सप्तरीमा बर्खे धान र गहुँपछि तेस्रो महत्वपूर्ण बालीका रूपमा चैते धान लगाउने गरिन्छ । चैत महिनामा लगाइएको धान बाली १५ असारअघि नै काटिने गरिन्छ । तर, अन्तिम पटक पानी हाल्ने अवस्थामा नहरमा पानी नरहेकाले फलेको धानसमेत डढ्ने अवस्थामा पुगेको जिल्ला कृषि विकास कार्यालय, सप्तरीका प्रमुख अनुपलाल साहले बताए ।
भारतले समयमा नहरमा पानी नछाड्दा लगानीसमेत डुब्ने भएको किसानको गुनासो छ ।
पाँच बिघा खेतमा चैते धान रोप्न यस वर्ष आठ हजार रुपैयाँ खर्च भएको बताउँदै योगिनियाँका किसान अरुणकुमार यादवले भन्छन्–‘महँगो मूल्यमा बीउ, मल खरिद गरी खेती गरेँ, गोडमेल गरेँ, अब पानी हाल्नुपर्छ, तर नहरमा पानी नआउँदा लगानी डुब्ने भयो ।’
कोसी नहरमा पानी छाड्नका लागि पटकपटक जिल्ला सिँचाइ कार्यालय र जिल्ला कृषि कार्यालयलाई आग्रह गरे पनि कुनै पहल हुन नसकेको ती कार्यालयका प्रमुखहरू बताउँछन् ।
जिल्ला कृषि विकास कार्यालयका प्रमुख अनुपलाल साहले यसबारे आफूहरूले सम्बन्धित निकाय सिँचाइ कार्यालयलाई भने पनि नहरमा पानी नआएको बताउनुहुन्छ । जिल्ला सिँचाइ कार्यालयले नहरमा पानीको मागबारे तीनपटक भारतीय निकायमा पत्राचार गरे पनि कुनै जवाफ नआएको उनको भनाई छ ।
कोसी योजनाअन्तर्गत भारतको विहार राज्यअन्तर्गत कुनौलीस्थित डिभिजन कार्यालयलाई जिल्ला सिँचाइ कार्यालयले पत्राचार गरेपछि कुनौलीले भारतको वीरपुरस्थित कोसी योजनाको मुख्य अभियन्ता कार्यालयमा पत्र पठाउँछ र त्यहाँको आदेशअनुसार ब्यारेजका कर्मचारीले नहरमा पानी छाड्ने काम गर्छन् । तर, एकलौटी रूपमा भारतीय नियन्त्रणमा रहेको नहरमा अहिलेसम्म पानी आउन सकेको छैन ।
प्रकाशित मिति:
June 22, 2012