• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue » फुटेका र त्यही भएका माओवादीहरु झगडा नगर्ने
फुटेका र त्यही भएका माओवादीहरु झगडा नगर्ने

असार ८ – एकीकृत नेकपा माओवादीबाट पार्टी विभाजन गरी गएको वैद्य पक्ष र पुरानो माओवादी प्रचण्ड पक्ष भिडन्त नगर्ने सहमतिमा पुगेका छन् ।

 एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नवगठित माओवादी महासचिव रामबहादुर थापाबीच आज आ(आफ्ना कार्यकर्ताबीच झडपको स्थिति आउन नदिने समझदारी भएको हो ।


 पार्टी फुटसँगै कहीँ कार्यालयका विषयमा त कहीँ केका विषयमा जिल्ला-जिल्लामा कार्यकर्ताबीच झडप हुने सम्भावना बढेर गएपछि यी दुई नेताबीच फोन वार्तामा मै यस्तो सहमति जुटेको हो । वैचारिक मतभेदका कारण अलग हुनुपर्ने बाध्यता बुझेर कम्तीमा पनि कार्यकर्ताबीच रक्तपात हुन नदिन दुवै पक्षले निर्देशन दिनुपर्ने समझदारी उनीहरुबीच भएको छ ।

 जिल्ला-जिल्लामा कार्यालय विवादको विषय झगडा गरेरभन्दा बहुमतका आधारमा वा अन्य समझदारीबाट सुल्झाउन उनीहरु सहमत भएका हुन् ।

प्रकाशित मिति: June 22, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
गृह पृष्ठ |