धामीझाँक्रीको भर परेर अस्पताल नजाँदा ज्यान नै गयो
असार ३ – सप्तरीमा धामी झाँक्रीको भर परेर अस्पताल नै नगई घरमै धामी झाँक्रीद्वारा छारफुक गरी उपचार गराउँदा एक महिलाको ज्यान गएको छ ।
प्रसवनी–४ निवासी नन्दकिशोर गोइत यादवकी श्रीमती उर्मिलालाई सर्पले डसेपछि स्वास्थ्य संस्थामा पु¥याउनुको साटो धामीझाँक्रीमा विश्वास गर्दा राति ११ बजे मृत्यु भएको हो । धामीझाँक्रीलाई देखाउन थालेपछि ढिलो भई राजविराजस्थित सगरमाथा अञ्चल अस्पताल ल्याइपु¥याउनु अगावै बाटोमै उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।
हाम्रो समाजका विभिन्न किसिमका रोगहरु लाग्दा समेत चेतनाका कारण अस्पताल नजाँदा थुप्रै मानिसको मृत्यु हुने गरेको छ ।
प्रकाशित मिति:
June 17, 2012