नेपाल भूमिमा यसरी दुःख बिसाए मैनालीले (भिडियोसहित)
असार ३ - एक युवती बलाल्कार पछि हत्या गरेको झुटो आरोपमा जापानको जेलमा १५ वर्ष जेज यातना पछि नेपाली गोविन्द मैनाली हिजो नेपाल आईपुगेका छन् ।
नेपाल आएसँगै सार्वजनिक रुपमा देखिएका उनले जापान जेलमा अति नै दुःख पाएको, यातना दिएको तल्लो, स्तरको व्यवहार गरेको गुनासो सुनाएका थिए ।
उनले पत्रकारहरुको भीडमा नेपाल सरकारले चासो नदेखाएको प्रति निक्कै दुःखसमेत पोखेका थिए । मैनालीले नागरिक अधिकार रक्षामा सरकारले चासो नदेखाएकोमा दुःख प्रकट गरे ।
काठमाडौं आएलगत्तै मीनभवनस्थित निवासमा आराम गरेर अनामनगरको पत्रकार सम्मेलनमा मैनालीले आफूमाथि भएको दुव्रवहारको खुलेर बताउन भने चाहेनन् ।
मैनालीले १५ वर्ष जेल बस्नु परेकोमा दुःखी भए पनि न्याय पाएकोमा खुसी प्रकट गरे । 'यो मुद्दामा अन्तिम फैसला हुन बाँकी छ । निर्दोष छँदाछँदै पनि १५ वर्ष जेल जीवन बिताउन बाध्य भएकोमा म दुःखी छु' लिखित विज्ञप्तिमा मैनालीले भनेका छन्, 'ढिलै भए पनि मैले न्याय पाएको छु र अन्तिम फैसलामा पूर्ण सफाइ पाउनेमा म ढुक्क छु ।'
यसैबीच, मैनालीको खबर सङ्कलनका लागि जापानबाट समेत ठूलो सङ्ख्यामा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका प्रतिनिधि उहाँसँगै नेपाल आएका छन् । उनीहरूले मैनालीको नेपाल फर्केपछिको घटनाक्रमलाई निरन्तर नियाल्दै समाचार सम्प्रेषण गर्ने जनाएका छन् ।
जापानी मिडियाहरुले मैनालीको जितलाई आफ्नै जित जस्तै गरेर समाचारलाई प्रमुखता साथ ठाउँ दिईरहेका छन् ।मैनालीको अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतका लागि परिवारजन, शुभेच्छुक तथा स्वदेशी÷विदेशी सञ्चारकर्मीको घुइँचो लागेको थियो ।
कामको सिलसिलामा पर्यटकीय भिसाबाट सन् १९९४ मा जापान पुगेका मैनालीलाई ३९ वर्षीय जापानी नागरिक यासुको वातानावेको हत्याको अभियोगमा सन् १९९७ मार्च २२ का दिन त्यहाँ पक्राउ गरिएको थियो । भिडियो तल हेर्नुहोस:
प्रकाशित मिति:
June 17, 2012