वैद्यहरुको राष्ट्रिय भेला आज, पार्टी फुटाउने सम्मको निर्णय हुँदै I
असार २ – आफ्नै पार्टीले हिजो खुल्ला मञ्चमा गरेको शक्ति प्रदर्शनमा समेत सहभागी नभएको एकीकृत नेकपा माओवादीका उपाध्यक्ष मोहन वैद्य पक्षको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि राजधानीमा सुरु हुने भएको छ ।
भेला हिजै हुने बताइएपनि कार्यकर्ताहरु आउने क्रम जारी रहेकाले कार्यक्रम एक दिन पछाडी सारेर आज एक दिन ढिला सुरु हुन लागेको छ । भेला आज दिउँसो १:०० बजे उद्घाटन गरिने बताइएको छ ।
वैक्ष पक्षको हिजै बसेको पोलिटव्युरो र केन्द्रीय समितिको बैठकले भेला व्यवस्थित र भव्य बनाउने निर्णय गरेको छ ।
आफ्नै पार्टी नेतृत्वका सरकार भएपनि सरकारका हरेक निर्णय र पार्टीको हरेक कदमको कडा विरोध गर्दै आएको वैद्य पक्षको यो भेलालाई महत्वपूर्ण मानिएको छ ।
यो भेलाले पार्टी फु्ट्ने या त जुटेरै जाने भन्नेसम्को निर्णय गर्ने छ ।
पार्टीभित्र फरक मत राख्दै आएको वैद्य पक्षले लामो समयदेखि पार्टी नेतृत्वको आचोलचना गदै आएको छ भने हिजो आफ्नै पार्टीले आयोजना गरेको बृहत जनसभा तथा शक्ति प्रदर्शन समेत बहिस्कार गरेको थियो ।
भेला हिजै हुने बताइएपनि कार्यकर्ताहरु आउने क्रम जारी रहेकाले कार्यक्रम एक दिन पछाडी सारेर आज एक दिन ढिला सुरु हुन लागेको छ । भेला आज दिउँसो १:०० बजे उद्घाटन गरिने बताइएको छ ।
वैक्ष पक्षको हिजै बसेको पोलिटव्युरो र केन्द्रीय समितिको बैठकले भेला व्यवस्थित र भव्य बनाउने निर्णय गरेको छ ।
आफ्नै पार्टी नेतृत्वका सरकार भएपनि सरकारका हरेक निर्णय र पार्टीको हरेक कदमको कडा विरोध गर्दै आएको वैद्य पक्षको यो भेलालाई महत्वपूर्ण मानिएको छ ।
यो भेलाले पार्टी फु्ट्ने या त जुटेरै जाने भन्नेसम्को निर्णय गर्ने छ ।
प्रकाशित मिति:
June 16, 2012