प्रचण्डसँगको सम्बन्ध टुटेको वैद्यको घोषणा I
असार २ – एकीकृत नेकपा माओवादीका बरिष्ठ उपाध्यक्ष मोहन वैद्य किरणले प्रचण्डसँगको सम्बन्ध टुटिसकेको बताएका छन् ।
वैद्य समुहको राष्ट्रिय कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै उनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सम्बन्ध विच्छेद भईसकेको घोषणा गरेका हुन् ।
उनले भेलाको उदघाटन गर्दै आफूहरु नयाँ पार्टी निर्माणको प्रक्रियामा रहेको र प्रचण्डसँग सम्बन्ध विच्छेद भएको अवस्थामा पुगेको उल्लेख गरे ।
वैद्यले संविधानसभा विघटनपछि शीर्ष नेताहरु असफल भएकोले अब नयाँ नेताको खोजी गर्नुपर्ने समेत उल्लेख गरेका छन् ।
हिजो मात्रै अध्यक्ष प्रचण्डले खुल्लामञ्चबाट पार्टी एकताको लागि आह्वान गरेको भोलिपल्ट वैद्यद्वारा प्रचण्डसँग सम्बन्ध विच्छेद भईसकेको बताएका हुन् ।
यसैबीच, वैद्य समुहको तीन दिने राष्ट्रिय कार्यकर्ता भेला बौद्धस्थित शेर्पा केन्द्रमा सुरु भएको छ । भेलामा ३ हजार बढी नेता तथा कार्यकर्ताको सहभागिता रहेको छ ।

प्रकाशित मिति:
June 16, 2012