अध्यक्ष बन्ने विवादमा एमाले अखिलले आफ्नै पार्टी कार्यालय नै फोडे
जेठ ३० – एमालेको विद्यार्थी भातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन –अखिल) को चितवन अध्यक्षमा हानाथाप भएपछि आफ्नै पार्टी कार्यालयमा तोडफोड गरेका छन् ।
अखिल चितवनको अधिवेशनमा अध्यक्ष को बन्ने भन्ने विषयमा विवाद भएपछि विद्यार्थीहरुले एमाले जिल्ला पार्टी कार्यालय नै तोडफोड गरेका हुन् ।
भरतपुरस्थित पार्टी कार्यालयमा सोमबारदेखि सुरु भएको अनेरास्ववियु अधिवेशनमा अध्यक्ष प्रत्यासी केशव कँडेल र सुदिप रेग्मी दुईमध्ये को अध्यक्ष बन्ने विषयमा विद्यार्थीहरुबिच विवाद उत्पन्न भएको हो ।
विवादपछि आफ्ना पक्षका विद्यार्थी अध्यक्ष बनाउन सहमति नगरेको भन्दै आक्रोशित भइ पार्टी कार्यालय फोड्न पुगेका थिए ।
कार्यालय तोफोडका क्रममा झ्यालको सिसा लागेर मनोज भुजेल घाइते बन्न पुगेका छन् । त्यस्तै तोडफोड गरेको भन्दै विद्यार्थीकै कुटाईबाट पोषण केसी पनि घाइते बनेका छन् । विद्यार्थीले गरेको तोडफोडबाट एमाले पार्टी कार्यालयको ६ वटा सिसाको झ्याल फुटेको छ। त्यस्तै आधादर्जन बढी कुर्सी विद्यार्थीले भाँचिदिएका छन् ।
जिल्ला कमिटी चयनमा विवाद बढेपछि एमाले जिल्ला नेताहरुले नै सर्बसम्मत नयाँ कमिटी गठनको तयारी गरेका छन्।

प्रकाशित मिति:
June 12, 2012