• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue » छात्रावासबाटै तीन बालबालिका गायब, हप्तादिनसम्म अवस्था अज्ञात I
छात्रावासबाटै तीन बालबालिका गायब, हप्तादिनसम्म अवस्था अज्ञात I

असार ६ – सप्तरीको एक छात्रवासमा बस्दै आएका तीन जना विद्यार्थी विगत एक साता बेपत्ता भएका छन् ।

राजविराज–९ स्थित लिटिल फ्लावर माध्यमिक विद्यालयको छात्रावासमा बस्दै आएका  कक्षा ७ मा पढिरहेका को बर्साइन–२ निवासी १४ वर्षीय विजयविक्रम शर्मा, कक्षा ८ मा अध्ययनरत अर्नाहा–८ निवासी १३ वर्षीय सतीशचन्द्र साह र कक्षा ८ मा पढिरहेका सकरपुरा–९ निवासी १५ वर्षीय आकाश साह गत जेठ ३१ गते राति १० बजेदेखि हराएको र उनीहरुको अहिले पनि अवस्था अज्ञात रहेको हो ।

अन्य विद्यार्थी टेलिभिजन हेरिरहेको मौका छोपी साथीहरुको बाकसबाट पैसा निकालेर आफ्नो समानसहित उनीहरु छात्रावास भवनको छतबाट हाम्फालेर भागेको विद्यालयका प्राचार्य नन्दलाल आचार्यको भनाई छ ।

उनीहरुको सबैतिर खोजी गर्दा फेला नपरेपछि विद्यालय र आफन्तले जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिएका छन् ।

उनीहरुले छात्रावासमा सँगै बस्दै आएका साथीहरु विजय मण्डलको बाकसबाट रु चार हजार २८०, हेमनारायण पण्डितको बाकसबाट रु ६७० र रुपेश मण्डलको रु १६० लिएर भागेको विद्यार्थीले बताएको जनाइए पनि अहिलेसम्म उनीहरु कहाँ गए भन्नेसम्म पत्ता लाग्न सकेको छैन ।

प्रकाशित मिति: June 20, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • 19 killed as Sita Air crashes minutes after take-off
  • महानायक हमाल राप्रपामा प्रवेश गर्लान त ?
  • Nepal defeat Malaysia to enter ACC Trophy final
  • तनहुँमा मोबाइल चार्ज गर्दा करेन्ट लागेर महिलाको मृत्यु
गृह पृष्ठ |