जनजातिको आन्दोलनमा गोलि लागि घाइतेपछि मृत्यु भएका थनेतलाई शहिद घोषणा I

मन्त्री परिषदको आज बसेको बैठकले गत वैशाख २७ गते नवलपरासीमा आन्दोलनका क्रममा घाइते भई हिजो मृत्यु भएका थनेतलाई शहिद घोषणा गर्नुका साथै आश्रित परिवारलाई रु १० लाख दिने निर्णय गरेको हो ।
बैठकले राष्ट्रिय अनुसन्धान विभागका दिलीपराज रेग्मीसहित छजना अनुसन्धान अधिकृतको बढुवा एवम् पदस्थापना गरेको छ भने तीन जना अधिकृतको सरुवा समेत गरेको छ ।
यस्तै, नेपाली सेनाका सहायकरथी सुरेन्द्रबहादुर कार्कीलाई उपरथीमा बढुवा गरी सम्भाररथी विभागमा पठाउने निर्णय गरेको छ ।
यसैगरी सशस्त्र प्रहरीका ७ जना प्रहरी वरिष्ठ उपरीक्षकलाई प्रहरी नायब महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरिएको छ ।
बढुवा हुनेहरुमा जीतबहादुर पुन, उत्तम खड्का, शैलेन्द्र खनाल, पुष्पराम केसी, दिवाकर केसी, रामशरण पौडेल र नयनबहादुर पौडेल हुनुहुन्छ ।
यसैगरी सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमसँगै गोली लागी घाइते भएका अङ्गरक्षक महेश गिरी र बमका मित्र राम गिरीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।
यस्तै मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) का नेता चन्द्रिकाप्रसाद यादवको उपचारमा लागेको खर्च बिलबमोजिम सरकारले व्यहोर्ने भएको छ ।
गोरखापत्र सस्थानका कार्यकारी अध्यक्ष रामकिशोर सिंहलाई पदबाट मुक्त गर्ने निर्णय पनि बैठकले गरेको छ ।
प्रकाशित मिति:
June 07, 2012