मोबाइलबाट धम्क्याउने अनि पैसो उठाउने प्रहरी खोर
असार १० – मोबाइलबाट धम्की दिएर पैसा असुल्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर–१३ निवासी ३२ वर्षीय गौतम महासेठलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको हो ।
मोरङ्गका धनाढ्य, उद्योगी, व्यवसायी तथा उच्चस्तरका कर्मचारीलाई धम्क्याएर रकम मागेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।
पक्राउ गरिएका महासेठले भने छ महिना अगाडि आफ्नो नेपाल टेलिकमको सिमकार्डसहित मोबाइल हराएको प्रहरीसामु बयान दिएका छन् ।
प्रकाशित मिति:
June 24, 2012