• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
oped » दलाई लामाले भने - "बुद्धमार्गको उद्गम थलो नेपाल होइन भारत हो"
दलाई लामाले भने - "बुद्धमार्गको उद्गम थलो नेपाल होइन भारत हो"

असार ८ – तिब्बती धार्मिक नेता दलाई लामाले बुद्धमार्गको उद्गम थलो नेपाल नभएर भारत भएको सार्वजनिक अभिव्यक्ति दिँदै नेपाल विरुद्ध वाकयुद्ध र भ्रामक युद्ध सुरु गरेका छन् ।

एक साता लामो बेलायत भ्रमणका रहेका उनले नेपालबारे विश्व सामु नै भ्रामकता सिर्जना गरेका हुन् ।

उनले सिंगो नेपाल र नेपालीमाथि नै घात पुग्ने गरी यसरी विश्वसामु नेपालबारे भ्रामकता सिर्जना गरेका छन् ।
बेलायतमा आयोजित एक कार्यक्रममा उनले सम्बोधन गर्दै ‘बुद्धमार्गको उद्गम थलो भारत हो र कसैकसैले बुद्ध नेपालमा जन्मिएका हुन् भन्छन्’ भनेका छन् ।

लण्डनस्थित अल्डरसोटको इविव रंगशालामा आयोजित विश्व शान्ति, सद्भाव र बुद्ध धर्म विषयक कार्यक्रममा प्रवचन दिदै लामाले बुद्धको उद्गम स्थल भारत भएको दाबी समेत गरेका छन्  ।


सो क्रममा उनले लामाले बुद्धमार्गीहरुले आधुनिक युगमा आएर बुद्धको पुजा आजा मात्र नगरेर बुद्धका दर्शनलाई भित्री रुपमा बुझेर अध्ययन गर्न समेत आग्रह गरेका गरेका थिए ।

लामो समयदेखि भारतमा निर्वासित जीवन विताइरहेका ७६ वर्षीय लामालाई सम्बोधनका लागि रंगशाला पुर्र्याउँदा राजकीय सम्मान टक्याइएइको थियो ।

लामाको बेलायत भ्रमणले चीन र बेलायतबीच त स्वत चिसो बढेर गएको थियो, तर उनको यस्तो अभिव्यक्तिले अब दलाई लामा र नेपाल र नेपालीबीच पनि चिसो बढेर जाने विश्लेषकहरु बताउँछन् ।

केही जानकारहरु भने दलाई लामाले जानी जानी त्यस्तो अभिव्यक्ति दिएर भारतको समर्थन बटुल्न खोजेको बताएका छन् । अब दलाई लामाले नेपाल र नेपाली सामु सार्वजनिक रुपमा माफी नमागे जे पनि हुन सक्ने र सबै नेपाली मिलेर त्यो भ्रम चिर्नु पर्ने उनीहरुको भनाई छ ।

प्रकाशित मिति: June 22, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
गृह पृष्ठ |