आजै मुखर्जी भारतको १३ औँ राष्ट्रपति बन्दै
साउन ७ – प्रणव मुखर्जी आज साँझसम्म भारतको १३ औं राष्ट्रपति बन्दैछन् ।
यो सँगै भारतमा राष्ट्रपति चुनावका विषयमा पछिल्लो समयमा भएको राजनीतिक उलटपुलटताले एउटा बाटो समेत समात्ने भएको छ ।
बिहीबार राष्ट्रपति पदका लागि भएको चुनावको मतगणना संसद् भवनमा स्थानीय समयअनुसार बिहान ११ बजेदेखि नै सुरु भईसकेको छ । दिउँसो ४ बजेसम्ममा सबै मतपरिणाम सार्वजनिक हुने त्यहाँका सञ्चारमाध्यमहरुले बताईरहेका छन् ।
त्यहाँ कुनै किसिमको चामत्कारिक नतिजा आएमा मात्रै मुखर्जी राष्ट्रपति बन्ने छैनन् । नत्र भने उनको जित लगभग पक्कापक्की जस्तै छ । उनी यूपीएद्वारा उम्मेदवार बनेका हुन् ।
यसअघि भएको सर्वेक्षणले मुखर्जीले उनका प्रतिद्वन्द्वी पूर्वसभामुख पीए संगमालाई भारी मत अन्तरले पछि पार्ने देखाएको छ ।

प्रकाशित मिति:
July 22, 2012