• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue » क्रान्तिकारीद्वारा फ्लोरिडा कलेजमा तोडफोड, दुई वटा बसमा आगजनी
क्रान्तिकारीद्वारा फ्लोरिडा कलेजमा तोडफोड, दुई वटा बसमा आगजनी

साउन १ – शिक्षाको नाममा आर्थिक ब्रह्मलुट गर्न नपाइने तथा समान शिक्षा लागू गर्नुपर्ने माग राखेर आन्दोलनमा उत्रिएको क्रान्तिकारी विद्यार्थी संघले आज एका बिहानै राजधानीको फ्लोरिडा कलेजमा तोडफोड गर्नुको साथै दुई वटा कलेजका बसमा आगो लगाई दिएको छ ।
नवगठित नेकपा माओवादी सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीद्ले रातो बङ्गला कलेजको बस र सायथ वस्र्टन कलेजको बसमा आगो लगाईदिएको हो भने  फ्लोरिडा कलेजमा तोडफोड गरेको छ ।  तोडफोडबाट कलेजका सिसाहरु फुट्नुका साथै अन्य भौतिक क्षति भएको  पुगेको छ ।

यसअघि हिजो सोही संगठनले आकर्षक तथा भड्काउ रुपमा प्रसार प्रसार गरेर विद्यार्थीलाई तान्न विभिन्न स्थानमा झुन्ड्याइएका त्यस्ता खाले कलेज तथा प्लस टुका विज्ञापनलाई संकलन गरेर भृकुटी मण्डपस्थित आरआर कलेज अगाडी ल्याएर आगो लगाईदिएको थियो ।
यसअघि नै पटक पटक सम्बन्धित निकायलाई यसबारे ध्यानाकर्षण गराउँदै सच्याउन माग गर्दा पनि उनीहरुले कार्यान्वयन नगरेपछि आँफैले हटाउन सुरु गरेको क्रान्तिकारीले जनाएको छ ।
यसअघि शिक्षालाई आधुनिकीरण तथा व्यवस्थित बनाउन क्रान्तिकारी र उच्च माध्यमिकत शिक्षा परिषदबीच १३ बुँदे सहमति भएपनि त्यो कार्यान्वयन नहुँदा आफूहरु आन्दोलनमा उत्रनु परेको क्रान्तिकारीले जनाएको छ ।
क्रान्तिकारीले विद्यालयलाई निशुल्क शिक्षाको व्यवस्था गर्नुपर्ने, फड्किलो विज्ञापन दिएर आर्थिक ब्रह्म लुट गर्न नपाईने, शिक्षालाई समान र निशुल्क बनाइनुपर्ने, अंग्रेजी नामहरु हटाएर राष्ट्रियता झल्कने नाम राख्नुपर्ने तथा विगतमा गरिएका सहमतिको पालना गरिनुपर्ने माग राखेर आन्दोलनमा उत्रिएको हो ।
सो संगठनले आजको तोडफोडको जिम्मेवारी लिँदै यसलाई आक्रमणको रुपमा भन्दा पनि चेतावनीको रुपमा बुझ्न र आफ्ना मागहरु पूरा नभए अझै सशक्त रुपमा उत्रने चेतावनी समेत दिएको छ ।

प्रकाशित मिति: July 16, 2012

यसमा तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार


भारतीय विस्तारवाद मुर्दाबाद भन्दै स...

नेपाली पूर्व राष्ट्रपति यादवलाई अम...

यी हुन् देशैभरका प्रदेश सभामा समानु...

कुन प्रदेशको कहाँ तोकियो अस्थायी रा...
नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
  • प्रदेश तीनको मुख्यमन्त्री बनाउन भन्दै सभामुखलाई पत्र, पहिलो मुख्यमन्त्री प्रदेश तीनले पाउने सम्भावना
  • प्रदेश ३ को उपसभामुखमा माओवादी सांंसद तामाङ निर्विरोध
  • फागुन ११ देखि रसुवागढीको आइपिओ
  • चन्दा उठाएर रु ११ लाखमा भवन निर्माण
  • पैसा कमाउन विदेश नै जानु पर्दैन
  • ठेउलेखोलाको परीक्षण उत्पादन सफल
चर्चित समाचारहरु
  • प्रदेश दुईको एक मात्रै महानगरपालिकामा कांग्रेस राजपाको चर्को टक्कर
  • नारी दिवसः मुक्तिका लागि डाँडू, पन्यू, चुलेसीसहितको आन्दोलन
  • फागुन ११ देखि रसुवागढीको आइपिओ
  • Miss Nepal Payal Shakya 2004
  • आगलागीमा परी पैँतालीस लाखभन्दा बढीको क्षति
गृह पृष्ठ |