नेपाल बन्द सधैका लागि बन्द गर्न सर्वोच्चमा रिट I
असार २७ – नेपाल बन्द सधैका लागि बन्द गर्न कानून बनाउन माग राख्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
पटक पटकको नेपाल बन्दले देशको आर्थिक विकासमा बाधा पुगेको र दैनिक जीवन यापनमा समेत अप्ठ्यारो हुँदा पनि त्यसलाई कम गर्न सरकारले कुनै कानून नबनाएको भन्दै रिट निवेदन दर्ता भएको हो ।
अधिवक्ता भोजबहादुर केसी लगायतले प्रधानमन्त्री र मन्त्रीपरिषद् कार्यालयलाई विपक्षी बनाई दायर गरेको रिटमा अध्यादेश मार्फत भएपनि नेपाल बन्द रोक्न कानून बनाउन माग गरिएको छ ।
रिटमा गत वर्ष २ सय २८ वटा समूहले १ सय २७ पटक नेपाल बन्द गरेको दृष्टिान्त दिँदै जनतासँग प्रत्यक्ष सम्बन्ध राख्ने संवेदनशील विषयमा कानून नबनाइ सरकारले गैरजिम्मेवारीपन देखाएको उल्लेख छ ।
प्रकाशित मिति:
July 11, 2012