जलदका ७ हाइकुहरु

१
कामदेवमा
जीवन र यौवन
रतिको राग
२
भमरा आयो
फूलको बासनामा
तृप्तिको अन्त्य
३
यौवन हुँदा
मरिहत्य हुन्थे रे
थोत्रो झुपड़ी
४
रगत बिर्य
दशम महिनामा
एक जीवन
५
जीवन यात्रा
संघर्ष र बेचैनी
मुग्लानी हुदा
६
सुन्दरी रूप
बिछोडका काहनी
रिक्त जवानी
७
सम्झना मेरो
तिम्रो दिलमा अझै ?
मिलन खै त ?
मोहन आचार्य 'जलद'
प्रगतिनगर नवलपुर नवलपरासी लुम्बिनी नेपाल
हाल लिस्बोन पोर्तुगल
प्रकाशित मिति:
July 27, 2012