नाम हाहाहा हाहाहा हाहाहा सुटिङ युएन पार्कमा
साउन १२ – केही दिन अगाडीको दृश्य हो– जतिबेला युएन पार्कमा हाहा र हुहुको हल्लीखल्ली निक्कै ठूलै थियो ।
त्यहाँ हाहा र हिहीले गुन्जयमान बनाएपछि बटुवा तथा वरपरका स्थानीयको पनि बाक्लो भिड थियो ।
अझै यतिबेला हास्यव्यंग्य क्षेत्रमा नाम कहलिएका तक्मे बुढालाई त्यहाँ देखेपछि त झनै भिड नहुने कुरै रहेन । यसो भनिरहँदा तपाईलाई ठूलै खुल्दुली लागिसक्नुपर्छ तर खास कुरो भने युएन पार्कमा हाहाहा हाहाहा हाहाहा बोलको गीतको म्युजिक भिडियो सुटिङको चर्चा हो यो ।
नाई मलाई त्यही केटी चाहिन्छ भन्दै रुँदै गाएका गायक प्रकाश पौडेलले फेरि पनि त्यस्तै प्रकारको अर्को गीत बजारमा ल्याउन लागेका हुन् । तर अब आउने गीतमा भने प्रकाश रुने छैनन् मात्र हास्ने छन् । आउने एल्बमको नाम पनि उनले सिक्स मच भनेर जुराईसकेका छन् ।
सोही गीतको काठमाडौँको थापाथलीस्थित युएनपार्कमा सुरज श्रेष्ठले निर्देशन गरी छायांकन समेत सिध्याएका छन् । छायांकनका क्रममा हास्नुपर्ने भएकाले त्यहाँ हाहा र हुहु भएको हो । हाहाहा बोलको गीतमा अहिलेका हास्यव्यंग्य चर्चित कलाकार तोक्मे बुढा अर्थात विल्सन विक्रम राईले अभिनय गरेका छन् भने प्रकाश पौडेलले पनि तोक्मे बुढासँगै अभिनय गरेका छन् ।
प्रकाशले सिक्स मच एल्मब चाँडै नै बजारमा आउने जानकारी दिए । एल्बमसँगै म्युजिक भिडियो पनि एकसाथ बजारमा आउने उनको भनाई छ ।

प्रकाशित मिति:
July 27, 2012