दार्चुलामा ४.६ म्याग्नेच्यूडको भूकम्प
साउन १३ – आज दार्चुलामा ४.६ म्याग्नेच्यूडको भूकम्पको धक्का महसुस गरिएको छ ।
भारत र चीनसँग सीमाना जोडिएको नेपालको एक मात्र जिल्ला दार्चुलामा आज बिहान ४.५ रेक्टरस्केल क्षमताको भूकम्प महसुस गरिएको हो भूकम्पको केन्द्रबिन्दु दार्चुलाबाट २० किलोमिटर भारतको उत्तर पश्चिम जंगलमा रहेको भूकम्प मापन केन्द्र सुर्खेतले बताएको छ ।
भूकम्पको धक्का दार्चुला सँगै बैतडीमा समेत महसुस भएको छ । दार्चुलाको उत्तरी क्षेत्रका केही घर चर्किएको स्थानीय बासिले टेलिफोनमार्फत जानकारी गराएका छन् ।
बिहान ११ बजेधक्का महसुस गरिएको भुकम्पको असरबारे केही खबर सार्वजनिक भएको छैन ।
प्रकाशित मिति:
July 28, 2012