संविधानसभालाई हाइज्याक गरियो, अब बुढो साँढेलाई बाँधेर बहर लगाउनुपर्छ
साउन १३ – पूर्व
निर्वाचन आयुक्त भोजराज पोखरेल जतिबेला निर्वाचन आयुक्तमा पदबहाल थिए । अनि
उनले जागिर चट्टै छाडेर हार्बर्ड विश्वविद्यालय पढ्न लागे । १ वर्षे
पब्लिक एडमिनिष्ट्रेशनमा स्नातकोत्तर सिध्याएपछि उनी त राष्ट्रपति बन्ने रे
भन्ने कुरो पनि नचलेको होइन ।
पछिल्लो समय देशको निकास खोजिरहेको अवस्थामा राजधानीमा आज आयोजित एक कार्यक्रममा उनलाई प्रश्न गरिएको थियो कि अहिले राजनीतिक दलहरु भन्दा तेस्रो व्यक्ति प्रधानमन्त्री हुनुपर्छ भन्ने आवाजहरु पनि उठिरहेको छ । यो अवस्थामा तपाईलाई प्रधानमन्त्रीको प्रस्ताव गरेमा या त तपाई नै हुनुपर्छ भनेमा के गर्नुहुन्छ ? उनी हाँसे । सायद पत्यार नलागेर होला । अनि उल्टै भने तपाईले दिनुभएमा त हो नि ?
विद्यार्थी युवा पत्रकार समूहको साप्ताहिक अन्तरक्रिया कार्यक्रम अन्तर्गत ४२ औँ श्रृंखलाको लगभग अन्तिममा सोधिएको थियो यो प्रश्न । युवा पुस्तालाई अवसर नदिएको जस्ता उनका अन्य भनाईलाई लिएर हेर्ने हो भने पोखरेलका लागि प्रधानमन्त्री या त राष्ट्रपति बन्ने इच्छा छैन कि क्या हो भन्ने पनि हुन सक्छ । तर उनले थपेका थिए देशलाई संक्रमणबाट जोगाउन जसले जे सक्छ त्यो गर्नुपर्छ र म पनि त्यसका लागि तयार छु । अतः उनलाई पनि देशलाई संक्रमणबाट मुक्त गर भनेर जिम्मा दिएमा भने त्यो जिम्मेवारी पूरा गर्न उनी प्रतिवद्ध छन् भन्ने उनको भनाईबाट छचल्किन्थ्यो ।
३०/३५ जनाको संख्यामा पत्रकारिता अध्ययनरत विद्यार्थीहरु र केही पत्रकारहरुको सहभागिता रहेको सो कार्यक्रममा उनले मंसिर ७ गते कुनै पनि हालतमा संविधानसभाको निर्वाचन हुनै नसक्ने पनि बताए । पोखरेलले राजनीतिक आधार, कानुनी आधार र प्राविधिक आधार कुनै पनि तयार नभएकाले मंसिर ७ गते निर्वाचन हुनै नसक्ने उनले ठोकुवा गरे ।
रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) का विद्यार्थीहरुद्वारा हरेक शनिबार बिहान ७ बजेदेखि ९ बजेसम्म गरिने सो कार्यक्रममा पोखरेल विद्यार्थीहरुसँग निक्कै खुलेका थिए । अन्तरक्रियामा विद्यार्थीहरुले प्रश्न गरिरहँदा विभिन्न किसिमका प्रश्नहरु उनीमाथि जाई लाग्थे तर उनी सकर्तताका प्रश्नहरुको उत्तर दिने गर्थे ।
युवा विद्यार्थीहरु भएर पनि होला धेरैको प्रश्न संविधानसभा विघटन र अब के हुन्छ भन्नेमा नै केन्द्रित देखिन्थ्यो ।
सो क्रममा एक विद्यार्थीले प्रश्न गरिहाले- अबको निकास चाँही के हुन सक्छ त ? उनले विद्यार्थीहरुलाई गाउँमा पुर्याए अनि बुढो साढे र बहर गोरुको उदाहरण दिए । निक्कै रमाइलो उदाहरणिय शैलीमा उनको प्रतिक्रिया थियो कि– बुढो साढेले बहरलाई चान्स दिएन भने हामी जसरी बुढो साढेलाई बाध्छौँ अब यो देशमा पनि त्यसै गर्ने बेला आएको छ । यसो भनिरहँदा विद्यार्थीहरु बुझेर होस या त नबुझेर खुबै चासो देखाएर हेरिरहेका थिए । उनले अझै सो उदाहरणलाई स्पष्ट पार्न तिर लागे अनि उनले थपे अब यो देशमा युथ लिडरको आवश्यकता छ ।
देशको राजनीतिक अवस्था र संविधानको विषयमा अन्तरक्रिया गरिरहँदा विद्यार्थीहरुमा भने देशको वर्तमान अवस्थाले पिरोलिरहेको कुरा स्पष्टै देखिन्थ्यो । उनीहरु प्रश्न गर्दा त्यही पुगी जान्थे कि अब के हुन्छ त देशमा ।
सो क्रममा पूर्व गृह, सञ्चार, स्वास्थ्य सचिव लगायत रहेका उनले ४/५ जना पार्टीका नेताले संविधानसभालाई बन्धक बनाएको आक्रोश पोखे । उनले दलहरुसँग आ–आफ्ना एजेण्टा भएकोले त्यसलाई समायोजन गर्न दलहरु असफल भएकाले यो अवस्था आएको जनाए ।
उनको भनाई थियो– 'दलहरु जहिल्यै संविधानसभा भन्दा पनि कुर्सी र सत्तामा लागिरहे, प्रधानमन्त्री को हुने, कसलाई फाल्ने भन्नेमा उनीहरु केन्द्रित भए त्यही भएर संविधान नबनेको हो ।' उनले सोही क्रममा थपे प्रमुख दलले संविधानसभालाई हाइज्याक गरे । त्यसो त उनले दलहरु कमजोर र अव्यवस्थित रहेको पनि उल्लेख गरे । दलहरु कुनै पनि कुरामा पारदर्शी नै छैनन् उनको भनाई थियो ।
विद्यार्थीका माझ पोखरेलले दलहरुबीच सहमतिको आवश्यकतालाई पनि निक्कै जोड दिए । जुन सहमति रोडम्यापका लागि हुनुपर्ने भन्दै उनले उक्त रोडम्यापले संवैधानिक तवरबाट संविधान संशोधन गर्नुपर्ने पनि बताए ।
त्यसो त विद्यार्थीहरुमाझ उनले पोलिटिक्समा नजिक हुनुभन्दा पनि अलग हुनुमा जोड दिएको बुझ्न सकिन्थ्यो । त्यहाँ उनले एक प्रसंगमा भनेका थिए 'पोलिटिक्स बन्मराको झार हो उम्रिन केही बेर लाग्दैन अनि त्यसले जमिन बिगार्न पनि कुनै समय कुर्नुपर्दैन ।'
-->

प्रकाशित मिति:
July 28, 2012