सर्पको टोकाईबाट पाँचको मृत्यु, ५२ बिरामी I
असार २५ – कैलालीमा असार सुरु भएदेखि हालसम्म विषालु सर्पले टोकेईबाट पाँच जनाको मृत्यु भएकोे छ । भने असार यता ५२ जनालाई सर्पले डसेको छ ।
वर्षायामको सुरुवातसँगै कैलालीमा मात्र हालसम्म विषालु सर्पको टोकाईबाट उनीहरुको मृत्यु भएको हो ।
यसरी मृत्युहुनेहरुमा धनगढी नगरपालिका–१० की सुनिता चौधरी, श्रीपुर गाविस लालपुरकी कुमारी ओली, धनवहादुर रोका, चुहा गाविसका पदम जैशी र कञ्चनपुर कृष्णपुर गाविसका जलसादेवी उपाध्याय रहेका छन् ।
असार सुरु भएदेखि हालसम्म मात्रै सेती अञ्चल अस्पतालमा ५२ जना सर्पदंशका बिरामी उपचारका लागि अस्पताल भर्ना भएकामध्ये पाँच जनाको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
सर्पले डसेका र ढिलो गरी अस्पताल भर्ना भएका कारण बिरामीहरूको मृत्यु भएको चिकित्सकहरुको भनाई छ ।
प्रकाशित मिति:
July 09, 2012