लण्डन ओलम्पिकमा चीनसँग ब्याक हट्दै अमेरिका
साउन १६ – लण्डन ओलप्मिक २०१२ मा चीनले आफ्नो अग्रतालाई जारी राखेको छ । चीनले आज तेस्रो दिन हिजो ३ वटा स्वर्ण पदक थप्न सफल भएको छ ।
चीनले तेस्रो दिनको खेलहरुपछि चिनले कुल ९ वटा स्वर्ण पदक जित्दै तालिकामा अग्रता कायमै राखेको छ भने दोस्रो स्थानको अमेरीकाले ५ स्वर्ण पदक जितेको छ ।
अहिलेसम्म चीनले ५ रजत र ३ कास्य पदक सहित कुल १७ पदक आफ्नो पोल्टामा पारिसकेको छ भने अमेरिकाले ७ रजत र ५ कास्य पदक जितेर उसले पनि कुल पदक संख्या १७ पुर्याएको छ ।
लण्डन ओलम्पिकमा पदक हात पार्ने अन्य देशहरुमा भने ३ वटा स्वर्ण पदक सहित फ्रान्स तेस्रो स्थानमा छ । यस्तै समान ३ वटा स्वर्ण पदक जितेको उत्तर कोरीया चौथो स्थानमा संघर्षरत छ ।
इटाली, दक्षिण कोरीया, रुस र काजखस्तानले भने दुई दुई वटा स्वर्ण पदक हात पारेका छन् ।
ओलम्पिकको तेस्रो दिनको समाप्तीसम्म १८ वटा राष्ट्रले स्वर्ण पदक जिति सकेका छन् भने रजत र कास्य समेत गरेर पदक जित्ने देशहरुको संख्या ३७ पुगेको छ ।
प्रकाशित मिति:
July 31, 2012