यो सरकार रहुन्जेल संविधानसभा पुनःस्थापना र नयाँ निर्वाचन दुवै हुन सक्दैन : थापा
साउन २८– नेकपा–माओवादीका महासचिव रामबहादुर थापाले अहिलेको सरकार रहेसम्म संविधानसभा पुनःस्थापना पनि हुन नसक्ने र नयाँ निर्वाचन पनि हुन नसक्ने ठोकुवा गरेका छन् ।
राजनीतिक दलहरु सङ्कट समाधान भन्दा पनि सङ्कट अरु लम्ब्याउन उद्दत रहेको उनको भनाई छ ।
मुलुकको सङ्कट समाधानका लागि गोलमेच सम्मेलन गरी सहमति खोज्नु नै सबैभन्दा उत्तम विकल्प हुने उनले बताए ।
राष्ट्रिय जनस्वयम्सेवक गुल्मी–काठमाडौं सम्पर्क समिति प्रथम जिल्ला भेलाको शनिबार उद्घाटन गर्दै थापाले ठूला राजनीतिक दल मात्र नभई सम्पूर्ण दल एवम् सरोकारवालालाई समेटेर गोलमेच सम्मेलन गरी त्यसैलाई सहमतिको प्रस्थान बिन्दु बनाइनुपर्ने बताएका हुन् ।
महासचिव थापाले राजनीतिक दलहरु सङ्कट समाधान भन्दा पनि सङ्कट अरु लम्ब्याउन उद्दत रहेको भन्दै अहिलेको अवस्थामा सबै राजनीतक दल र पक्षहरु एउटै मञ्चमा आउन जरुरी भएको बताए ।
महासचिव थापाले नवसंशोधनवाद र राष्ट्रघातीहरुलाई परास्त गरी राष्ट्रिय जनवाद स्थापना गर्न युवा वर्गलाई सङ्गठित हुन उनले आग्रह समेत गरेका छन् ।
प्रकाशित मिति:
August 12, 2012