सुतेकै ठाउँमा पसेर गोलि हानि दम्पतिको हत्या
साउन ३० – रौतहटमा आज राति अपराधिक समूहले गोलि हानि एक दम्पत्तिको हत्या गरेको छ । सो समूहको गोलि लागेर त्यहाँ अन्य दुई जना घाइते भएका छन् ।
रौतहटको अकलवा गाविस–८ का ४० वर्षीय शेख गफार र उनको श्रीमती ३५ वर्षीया सहनाज बेगमको गोली हानि हत्या भएको हो ।
आज मध्यराति ६÷७ जनाको समूहमा आएका हतियाधारीले पहिले सहनाजलाई झ्याल बाट गोली प्रहार गरेपछि ढोकाको भ्यान्टिलेसनबाट भित्र छिरी खाट मुनि लुकेर बसेका गफारलाई बाहिर ल्याई छातिमा गोली प्रहार गरेको बताइएको छ ।
प्रहरीले उनीहरु दुबै जनाको घटनास्थलमै मृत्यु भएको बताएको छ ।
घटनापछि भाग्दै गरेका उक्त समूहले बाहिर बाटोमा निस्केका स्थानियबासी शेख सोयब र शेख अन्सारीको श्रीमती सहना खातुनलाई समेत गोली प्रहार गरेको थियो । पेट र छातिमा गोली लागेका दुबैलाई उपचारको लागि राती नै गौर अस्पताल पुर्याइएको छ ।
प्रकाशित मिति:
August 14, 2012