मासुपसलमा अनुगमनः अधिकांश मासुपसल मापदण्डविपरीत
भदौ १४ – मध्यपुरथिमि नगरपालिकाको टोलीले आज नगरभित्रका मासु पसलको अनुगमन गर्दा
अधिकांश मासुपसल मापदण्डविपरीत पाइएको छ ।
नगरको कौशलटार, गठ्ठाघर र थिमि शङ्खधर चोकका एक दर्जनभन्दा बढी मासुपसलमा अनुगमन गर्दा व्यवसाय दर्ता नभएको, पशु बध गर्ने स्थान फोहर र दुर्गन्धित भएको तथा सबै पसलमा मासु खुल्ला राखिने गरेको पाइएको हो ।
अनुगमनका क्रममा नगरपालिका कार्यकारी अधिकृत दुर्गादेवी देवकोटाले व्यवसायीलाई सात दिनभित्र मापदण्ड पु¥याएर व्यवसाय दर्ता गर्न निर्देशन दिएका छन् ।
टोलीले गठाघरको मनकामना मिट सप, जयश्री दक्षिणकाली मिट सप, सिन्धुपाल्चोक मिट सप, शङ्खधर चोक थिमिको विशाल माछा पसल, जय कोल्ड स्टोर, अरनिको चिकेन कोल्ड स्टोरलगायतका पसलमा अनुगमन गर्दा कौशलटारस्थित टेक्नो मिट एउटै मात्र पसलले मापदण्डअनुसार दर्ता गरिएको पाइएको थियो ।
टोलीमा जिल्ला पशु कार्यालय, प्रहरी प्रशासन र पत्रकारको सहभागिता थियो ।
प्रकाशित मिति:
August 30, 2012