नहुनु भयो हेर्नु न रौँ उम्रने ठाउँमा नङ पलाए
एक अमेरिकी महिलाको हात र खुट्टामा रौँ पलाउँने ठाउँमा नङ पलाएपछि पीडामा परेकी छन् ।
अमेरिकाको राज्य टेनेसी निवासी शाहनियाना इसोम नाम एक महिलाको शरीरमा रौँ आउँने ठाउँमा सबैतिर नङ पलाएका छन् । २८ वर्षीय महिलाले यस रोगको उपचारका लागि धेरै डाक्टर सम्म पुग्दा समेत समस्या समाधान नभएको बताएकी छन् ।
विभिन्न स्थानका चिकित्सक समक्ष देखाइसकेकी पीडित महिलाको रोगबाट चिकित्सकहरु नै अचम्बित भएको बताएकी विभिन्न मिडियाले उल्लेख गरेका छन् । उनले रोगको उपचारका लागि करोडौँ रुपयाँ खर्च गरिसके पनि कुनै उपचार हुन सकेको छैन । यो संसारमा कहि कसैलाई नदेखिएको रोगबाट पीडित शाहनियाले उपचारका लागि गरेको खर्च मध्ये एक लाख ६० हजार पाउन्ड रकमको विल भुक्तानी गर्न बाँकी रहेको कुरा समाचार एजेन्सीले उल्लेख गरेका छन् ।
शाहनिया भने रोगको उपचारका लागि अझै पनि विभिन्न अस्पताल धाउनेक्रममै रहेकी छन् ।
प्रकाशित मिति:
August 13, 2012