हिरोइनलाई सेक्स गरौँ भन्ने लेखक तथा निर्माता प्रहरी खोरमा
साउन २८ – बलिउडमा आइटम डान्स गर्न गर्ने क्रममा एक नायिकालाई सेक्स गरौँ भन्ने फिल्म लेखक तथा निर्माता प्रहरी खोरसम्म पुगेका छन् ।
दक्षिण भारतीय फिल्मकी नायिका सपनाले एक फिल्ममा आइटम डान्स गर्न जाँदा फिल्मको लेखक तथा निर्माताले शारीरिक सम्बन्धको प्रस्ताव राखेपछि नायिकाले प्रहरीमा उजुरी गरेकी हुन् ।
भारतीय सञ्चारमाध्यमका आनुसार लेखक र निर्माताको प्रस्तावलाई अस्वीकार गरेपछि नायिकालाई दुवैले तीन महिना अघिदेखि मोबाइल र सामाजिक सञ्जालमर्फत अश्लील सन्देश पठाएका थिए । ती सन्देशले आफूलाई मानसिक यातना भएको भन्दै प्रहरिमा उजुरी गरेपछि प्रहरिले ४२ वर्षे हरिश जैसवाल र २८ वर्षे मुकेश पाण्डेलाई पक्राउ गरेको हो ।
मैले उनीहरुको प्रस्ताव अस्वीकार गरेपछि मलाई फोनमा धम्की दिन थाले अनि सन्देश पनि पठाइन थाले, नायिकाले सञ्चारमाध्यसित भनेकी छन्- 'फोनमा बोलेको संवाद मैले रेकर्ड गरिरहेको हुनाले मैले भर्सोभा प्रहरीमार्फत दुबैलाई पक्राउ गर्न लगाएँ।' समाचारअनुसार सोमबार सम्म लेखक र निर्माता हिरासतमै रहनेछन्, भने प्रहरीले सुबैको कम्प्युटर जफत गर्दै आइपी एड्रेसलाई पनि नियन्त्रणमा लिएका छन् ।
प्रकाशित मिति:
August 12, 2012