राष्ट्र सङ्घले प्रधानमन्त्री बनाउने जिम्मा प्रचण्डलाई दिएको छ र ?
साउन २८ – नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले राष्ट्र सङ्घले प्रधानमन्त्री बनाउने जिम्मा प्रचण्डलाई दिएको छ र भनेर प्रश्न उठाएका छन् ।
हिजो राजधानीमा आयोजित एक कार्यक्रममा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै कोइरालो राष्ट्र सङ्घले प्रधानमन्त्री बनाउने जिम्मा दाहाललाई दिएको छैन भन्दै उनलाई गैर जिम्मेवार अभिव्यक्ति दिने कुनै अधिकार नभएको बताए । माओवादी सहमति गर्न जान्ने तर पालना गर्न नजान्ने पार्टी भएको उनको भनाई छ ।
नेपाल पे्रस युनियन चितवन शाखाले आज नारायणगढमा आयोजना गरेको चिजकुमार विष्णुकुमारी राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा बोल्दै कोइरालाले यस्तो बताएका हुन् ।
माओवादीको गैर जिम्मेवारीपनाका कारण देश अधोगतितर्फ गएको उनले आरोप समेत लगाएका छन् ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा एकीकृत नेकपा माओवादी गैर जिम्मेवार ठहरिँदै गएको कोइरालाको भनाई छ ।
कार्यक्रममा कोइरालालले सरकारको नेतृत्वको भागबण्डा लगाउने जिम्मा प्रचण्डको नभएको भन्दै आक्रोश समेत पोखेका थिए ।
माओवादीका पछिल्लो क्रियाकलापले ऊ सत्ताकब्जाको रणनीतिमा लागेको स्पष्ट भएको भन्दै कोइरालाले हतियारको राजनीति नत्यागेसम्म माओवादी नसुध्रने दाबी समेत गरे ।
कोइरालाको भनाई थियो “तपाईको बन्दुकले मलाई मार्न सक्ला तर काँग्रेसको विचार मर्ने छैन ।”
प्रकाशित मिति:
August 12, 2012