देउवाद्वारा १४ दिन संविधानसभा ब्युँत्याउन माग
साउन २८ – नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले विघठित संविधानसभालाई १४ दिन ब्युँत्याउन माग गरेका छन् ।
देउवाले विघठित संविधानसभा पुनःस्थापना गरेर मुलुकलाई निकास दिनुपर्ने भनाई दोहोर्याएका हुन् ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आज राजधानीमा भएको कार्यक्रममा देउवाले विवादित मुद्दामा सहमति गरेपछि १४/१५ दिनका लागि संविधानसभा पुनस्थापना गर्नुपर्ने बताए ।
कार्यक्रममा नेकपा एमाले वरिष्ठ नेता माधव नेपालले मुलुक राजनीतिक चक्रब्युहमा फसेको बताएका थिए ।
प्रकाशित मिति:
August 12, 2012