विद्यालयमा भूतआतङ्क मच्चिएपछि....
साउन २६ – तपाई हामी धेरैले विश्वास गरे पनि नगरे पनि भूत हुन्छ भनेर सुन्न चाँही सुनेकै हो । तर सङ्खुवासभाको एक विद्यालयमा भने अहिले भूतआतंक नै मच्चिएको छ ।
जिल्लाको मुढेशनिश्चरेमा रहेको सिंहेश्वरी माध्यमिक विद्यालयमा भूतआतङ्क मच्चिएपछि त्यहाँ अध्ययनरत विद्यार्थी विद्यालय जान छाडेका छन् ।
विद्यालयमा रहेको शौचालय गएर आउनेबित्तिकै विद्यार्थी बेहोस हुने, रुनेकराउने गर्न थालेपछि विद्यालयमा भूतप्रेतको बास रहेको भन्दै विद्यार्थीहरू विद्यालय आउन छाडेका शिक्षकहरुको भनाई छ ।
बुधबार कक्षा नौमा अध्ययनरत बिनिता राई, दिलकुमारी अधिकारी र सबिना गुरुङ शौचालय गएर आएप्छि रुनेकराउने गर्नुका साथै बेहोससमेत भएपछि विद्यालयमा भूतआतङ्क मच्चिएको प्रहरीले जनाएको छ ।
छात्रा विद्यार्थीमात्र रुनेकराउने र बेहोस हुने गरेकामा आश्चर्य मान्दै विद्यालयका प्रधानाध्यापकले समेत बेहोस विद्यार्थीलाई धामी लगाउँदा अलि ठीक भएको तर डाक्टर लगाउँदा झन् साह्रो हुने गरेको अनुभव सुनाए ।
प्रकाशित मिति:
August 10, 2012