छात्राको स्कर्ट छोटो भयो रे, लामो बनाउन निर्देशन
साउन २६ – हाम्रा शिक्षण संस्थाहरुमा छात्राहरुले लगाउने ड्रेसका विषयमा त अपरिचत त कमै होलान् । जुन ड्रेस अन्तर्गत तल्लो भागमा लगाइने कपडा भने छाडा फिल्ममा प्रयोग गरिने कपडा झैँ लाग्न सक्छ ।
त्यसैले पनि होला छात्राले लगाउने स्कर्ट छोटो भएको एक अनुगमन टोलिले निष्कर्ष समेत निकालेको छ ।
चितवनका उच्चमाध्यमिक विद्यालयमा छात्राले लगाउने स्कर्ट छोटो भएको अनुगमन टोलीले ठहर गरेको हो ।
केन्द्रबाट आएको अनुगमन टोलीले छात्राको स्कर्ट छोटो पाइएकाले लामो बनाउनसम्बन्धित कलेजलाई सुझाव दिएको छ । उच्चमावि शिक्षा परिषद्का उपसचिव डम्बर बतासको नेतृत्वमा आएको टोलीले बुधबार र बिहीबार यहाँका उच्चमाविको अनुगमन गरेको थियो ।
टोलीले छोटो स्कर्ट लगाउनेलाई नियन्त्रण गर्न भनेको चितवनका जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले जानकारी दिए । छात्राहरूले घुँडाभन्दा माथि स्कट लगाएको पाइएको र यसले विद्यार्थीमा विकृति फैलने भएकाले आफूहरूले यसलाई नियन्त्रण गर्ने शर्माले बताए ।
टोलीले टाँडीको इन्टरनेसनल कलेज, वाल्मीकि शिक्षा सदन, अर्किट साइन्स कलेजलगायतका कलेजको अनुगमन गरेको थियो ।
उच्चमाविको भौतिक अवस्था, शौचालय, ल्याब, पुस्तकालय, खाजाघर सुविधायुक्त र सफा नभएको टोलीले अनुगमनमा फेला पारेको छ । कक्षाकोठामा बढी विद्यार्थी राख्ने, आन्तरिक परीक्षामा लापर्वाही गर्नेजस्ता कमजोरी चर्चित कलेजमै पाइएको जिल्ला शिक्षा अधिकारी शर्माको भनाई छ ।
निजी उच्चमाविमा भौतिक पूर्वाधारलगायत विभिन्न विषयमा प्रश्न उठेपछि उच्चमावि शिक्षा परिषद्ले अनुगनम टोली पठाएको हो ।
प्रकाशित मिति:
August 10, 2012