सुरक्षित सुत्केरी गराउनेलाई रु १५ हजार
साउन २४ – जिल्ला अस्पताल त्रिशूलीले आमा सुरक्षा कार्याक्रमअन्तर्गत अस्पतालमा आएर सुरक्षित सुत्केरी गराउनेलाई रु १४ लाख ७५ हजार प्रदान गरेको छ ।
जिल्ला अस्पतालले जिल्ला स्वास्थ्य कार्यालयको सहयोगमा ग्रामीणभेगमा सञ्चालित बर्थिङ सेन्टरमा आएर सुत्केरी गराउनेहरुलाई उक्त रकम प्रदान गरेका हुन् । तोकिएको स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी गराउन आउनेलाई यातायात खर्च भनेर प्रतिव्यक्ति रु एक हजार प्रदान गर्ने व्यवस्था गरिएको छ ।
जिल्ला अस्पतालमा गत आवमा एक हजार १५३ जना सुरक्षित सुत्केरी भएकामा एक हजार १३ जनालाई मात्र रकम प्रदान गरिएको छ । बाँकी ११४ जनालाई भने बजेटको अभावमा पहिले प्रदान गर्न नसकिएको र उनीहरुलाई यही साउन महिनाभित्र प्रदान गरिने जिल्ला अस्पतालले जनाएको छ ।
जिल्ला अस्पताल त्रिशूलीबाहेक जिल्लाका १७ वटा बर्थिङ सेन्टरमा ४६२ जना सुत्केरी भएका छन् । यसका साथै गर्भावस्थामा चारपटक गर्भजाँच गराउने १८४ महिलालाई रु ४०० का दरले प्रोत्साहन खर्च उपलब्ध गराइएको छ ।
प्रकाशित मिति:
August 08, 2012