बलिउड जगतमा टपलेस फोटोसुट त नौलो कुरो पनि रहेन । तर टपलेस फोटो सुटसँगै एक विषय जोडिए पछि भने बलिउडमा तहल्कै मच्चिएको छ ।
विषय अमेरिकी अभिनेत्री, मोडल तथा गायिका लिन्डसे लोहानले हालै ‘द केन्योन्स’ नामक नयाँ फिल्मको लागि टपलेस अन्तररङ्गको दृश्य सम्बन्धि हो ।
सो फिल्मको एक दृश्य दिन पूर्व २६ वर्षिय नायिका लोहानलाई निर्माताले कपडा फुकाल्नुपर्ने बताए । सुरुमा त लोहानले निर्माताको उक्त प्रस्तावलाई आनकानी गर्दै टार्ने प्रयास गरिरहिन् । तर पछि भने उनी टपलेस हुन मात्र राजी भइनन् पुरुष कलाकारको कपडा स्वादै लाग्दो तरिकाले पो नङ्घाइदिइन ।
लोहानले आफू टपलेस भएपछि सेटमा उपस्थित अन्य १० जना पुरुष कलाकारहरुको पनि कपडा उतार्न भनिन् र त्यसपछि मात्रै सुटिङ अघि बढ्ने बताइन् । लोहानको प्रस्तावप्रति पहिला त सबै हिच्चकिचाए तर पछि बाध्य भएर आफ्नो कपडा उतारे र सुटिङ सुरु गरे ।
समाचारका अनुसार यसरी कपडा उतार्नेमा पोर्न फिल्मका अभिनेता जेम्स डीन समेत भएको बताइएको छ । बलिउड फिल्म नगरीमा पर्दाका लागि टपलेस हुनु सामान्य जस्तै भईसकेको छ । तर बलिउड जगतमा टपलेस हुनु नै भने ठूलो कुरो चाँही होइन ।