साउन २१ – आफ्नै पार्टी भित्र असन्तुष्ट एमाले उपाध्यक्ष अशोक राईले अब चाँडै नै देशमा शक्तिशाली पार्टी खुल्न लागेको खुलासा गरेको छन् ।
राईले प्रमुख दलका नेताहरुको एकात्मक र यथास्थितिवादी सोचका कारण मुलुक अन्योलग्रस्त अवस्थामा पुगेको पनि बताएका छन् ।
नेपाल आदिवासी जनजाति पत्रकार संघ (अनिज) को दोस्रो राष्ट्रिय तथा प्रशिक्षण कार्यक्रमको उदघाटन गर्दै उनले यस्तो उल्लेख गरेका हुन् ।
सो क्रममा उनले नेपाली जनताले वैकल्पिक शक्तिका रुपमा भिन्दै परिपक्क दल खोजेकाले त्यसलाई सार्थकता दिन आफूहरु अन्तिम तयारीमा जुटिरहेको पनि बताए ।
बदलिँदो परिस्थितिमा राजनीतिक समाधानका लागि सर्वदलीय सहमति गरी संविधानको निर्वाचन गरेर संविधानसभाको निर्वाचन गरी संविधान जारी गर्नु अहिलेको उत्तम उपाय भएको उनको भनाई छ । राईले अहिलेको परिस्थितिमा पहिचान, समानता र न्यायका पक्षधर शक्ति एकजुट हुनुपर्नेमा जोड समेत दिए ।
सोही कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष शिव गाउँलेले नेपाली सञ्चारमाध्यमलाई समावेशी बनाउन महासङ्घले सञ्चारमाध्यमको संस्थागत, भौतिक र नीतिगत संरचनामै सुधार गर्न आवब्यक रहेको बताए ।