लगातारको वर्षाका कारण २०० घर डुबानमा
साउन २० – लगातारको वर्षासँगै आएको बाढीले बर्दियामा मात्रै २०० घर डुबानमा पारेको छ ।
बाढीका कारण कर्णाली नदी र गेरुवा नदीले घेरिएको भौराटप्पुका भिम्मापुरा गाविस, दौलतपुर गाविसको गुप्तिपुर गाउँ, राजापुर गाविसको राजापुर वस्ती, गुलरिया नगरपालिकाको गुलरिया गाउँ र महम्मपुर गाविसको लालपुर दुधदा गाउँ डुबानमा परेका छन् ।
डुबानका कारण त्यहाँका बासिन्दाको जनजीवन कष्टकर बनेको छ ।
दैवी प्रकोप उद्धार समितिको उच्च सतर्कताका कारण डुबानमा मानवीय क्षति भने नभएको बताइएको छ ।
प्रकाशित मिति:
August 04, 2012