आम्मै ! प्रचण्ड त रेखा थापाको बडिगार्ड पो बनेछन्
(टपनेपालन्यूज डटकम) - एकीकृत माओवादीका अध्यक्ष प्रचण्डको जुँगाको निकै फ्यान रहेकी रेखा थापाको तारिफ गर्न नथाक्ने प्रचण्ड अब रेखाको बडीगार्ड भएका छन् ।
फेसबुकमा निकै हिट भईरहको एक पोष्टरमा तपाई हेर्नुस् प्रचण्ड रेखाको बडीगार्ड बन्दा कस्ता देखिएका छन् ? यसपालिको गाईजात्रामा छोरो प्रकाशको विना काण्डले केही ओझेलमा परेका प्रचण्डलाई यस पोष्टरले थोरै भए पनि चर्चाका लागि राहत दिएको छ ।
बडीगार्ड फिल्मको पोष्टरमा प्रचण्डकै एक्सन गरेको उल्लेख गरिएको छ भने सो फिल्मको रिलिज डेट आउदो भदौ १४ राखिएको छ ।
फिल्मलाई झलनाथ खनालले निर्देशन गरेको पोष्टरमा उल्लेख गरिएको छ भने संगीत केपी ओली, कोरियाग्राफी सुजाता कोईराला र सिनेमाटोग्राफी रामचन्द्र पौडेलको रहेको उल्लेख गरिएको छ ।
रेखाको अपोजिटमा बडीगार्ड भएर खेलका प्रचण्डको साथमा बाबुराम भट्टराई र माधव नेपाल पनि मेन स्टार रहेको उक्त पोष्टरमा उल्लेख छ । (गाईजात्रा विशेषः अन्यथा नहोस् गाईजात्रा भएकाले यो प्रसङ्ग यसैमा केन्द्रित मात्रै)
प्रकाशित मिति:
August 03, 2012