साउन २० – खेललाई पनि एक अर्को देशबीचको युद्ध झै मानिन्छ । हो, अहिले त्यस्तै भएको छ लण्डन ओलम्पिक २०१२ मा पनि । त्यहाँ पदक जितका लागि मारामार चलिरहेको छ । जहाँ आज भने जारी लण्डन ओलम्पिकमा सुरुदेखि नै अग्रस्थान कायम गर्न सफल मानिएको चीनलाई झड्का लागेको छ ।
आज सातौँ दिनको खेल अन्त्य हुँदा पदक तालिकामा चीनलाई उछिन्दै अमेरिकाले शीर्ष स्थानको ठाउँ कब्जा जमाएको हो ।
सातौं दिनको खेल सकिदा अमेरिका २१ स्वर्ण, १० रजत र १२ कास्यगरी कुल ४३ पदकका साथ शीर्ष स्थानमा छ भने सुरुदेखि नै पदकमाथि दबदबा राख्दै आएको चीन चीन २० स्वर्ण, १३ रजत र ९ कास्यसहित कुल ४२ पदकका साथ दोस्रो स्थानमा धकेलिएको छ ।
ओलम्पिक २०१२ को आजसम्मको खेल अन्तर्गत नै तेस्रो स्थानमा भने ९ स्वर्ण, २ रजत र ५ कास्यसहित कोरिया रहेको छ ।
एक स्वर्णको पछाडी रहेको आयोजक समेत रहेको बेलायतले भने ८ स्वर्ण, ६ रजत र ८ कास्यगरी कुल २२ पदकसहित तेस्रो स्थान कब्जा गर्ने धाउन्नमा स्पर्धा गरिरहेको छ । अहिले बेलायत चौथो स्थानमा रहेको छ ।
यस्तै ८ स्वर्ण, ५ रजत र ६ कास्य पदक गरी कुल १९ पदकसहित फ्रान्स पाँचौ स्थानमा रहेको छ ।
लन्डन ओलम्पिकमा यो समाचार तयार पारिरहँदा आठौं दिनको खेल पनि सुरु भइसकेको छ ।