• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
oped, photo Gallary » क्रिकेट अन्तर्राष्ट्रिय जगतमै नेपालको ऐतिहासिक जित
क्रिकेट अन्तर्राष्ट्रिय जगतमै नेपालको ऐतिहासिक जित


आईसीसी वर्ल्ड क्रिकेट अन्तर्गत आजको खेलमा पनि डेनमार्कलाई पाखा लगाउँदै नेपालले आईसीसी वर्ल्ड क्रिकेक डिभिजन थ्रीमा प्रवेश गर्न सफल भएको छ ।

अब नेपालले फाइनलमा अमेरिकासँग भिड्ने भएको छ । पानी परेर ओभर घटाइएको खेलमा नेपालले डेनमार्कलाई डकवर्थ लुइस अनुसार २५ रनले हराउँदै डिभिजन थ्रीको ढोका खोलेको हो ।

मलेसियाको किनरारा ओभलमा टस जितेर पहिलो ब्याटिङ राजेको नेपालले २४० रनको चुनौती लक्ष्य पेस गरेको थियो । उक्त रन जोड्न नेपालका अनिल मण्डलले सतक प्रहार गरेका थिए । खेलमा मण्डल एक्लैले ४ छक्का, ८ चौका प्रहार गर्दै १ सय १३ रन जोडेका थिए ।


त्यस्तै नेपालका लागि शरद भेषवाकरले २७, ज्ञानेन्द्र मल्लले २६, वसन्त रेग्मीले २१ रन जोड्न सफल भए भने त्यस्तै विनोद दाशले १५, प्रदीप ऐरीले ११ रन जोडेका छन् ।


जवाफी ब्याटिङका लागि मैदानमा उत्रिएको डेनमार्कलाई नेपालले सस्तैमा समेट्यो । डेनमार्कले ३ विकेटको क्षतिमा ७७ रन बनाउँदा भारी वर्षाले खेल केही सयम अवरुद्ध हुन पुगेको थियो ।


वर्षापछि ३१ ओभरमा छोट्याइएको खेलमा १ सय ५६ रन बनाउनु पर्ने लक्ष्य पाएकोमा डेनमार्कले ९ विकेटको क्षतिमा १ सय ३० रनमा मात्र जोड्न सक्यो ।


डेनमार्कलाई सस्तोमा समेट्न कप्तान पारस खड्काले २ विकेट पतन गराएका थिए भने बसन्त रेग्मी र संजम रेग्मीले २–२ र शक्ति गौचनले १ विकेट झारेका थिए ।

डिभिजन चोर अन्तर्गत अङ्क तालिकामा शीर्ष स्थानमा रहेको नेपाल र दोस्रो स्थानमा रहेको अमेरिका डिभिजन ३ मा बढुवा भएको हो ।

डिभिजन ३ मा इटाली, बर्मुदा, ओमान र युगान्डा रहेका छन् ।

पुछारमा रहेका दुई टिम तान्जानिया र मलेसिया रेलिगेसनमा परी डिभिजन ५ मा घटुवा भएका छन् ।





प्रकाशित मिति: September 09, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • Miss Nepal Payal Shakya 2004
  • EC directs govt to halt Nepal Police transfers
  • आजको राशिफल September 23, 2013
  • तह थपबारे एमाले चुप बस्ला ? अब यस्तो हुनेछ राजनीति, यसरी हुनेछ चुनाव !
  • AISC recommends 4171 news posts in Nepal Army
गृह पृष्ठ |