भदौ १७ – एभिन्यूज टेलिभिजनबाट प्रसारण भइरहेको कार्यक्रम ‘यात्रा’का निर्देशक श्री रामशरण माझीलाई ९८५१०१२९२२ र ९८४१०३५२७२ को मोबाइल नम्बरबाट धम्की आएको छ ।
माझीलार्ई मिति २०६९ भदौं १५ गते मध्यरात १ बजेको समयमा आफूलाई बालकृष्ण निरौला नाम बताउने व्यक्तिले पत्रकारिताकै विषयलाई लिएर धम्की दिएका हुन् ।
निरौलाले मोबाइल नम्बर क्रमशः ९८५१०१२९२२ बाट १:०२ र ९८४१०३५२७२ बाट १ः०४ बजेको समयमा ‘एभिन्यूज टेलिभिजनमा तेरो यात्रा कार्यक्रम भोलिबाटै बन्द गरिदिन्छु, यो बालकृष्णले बोलेको हो, थाहा पाईराख’ भन्दै धम्की दिएका थिए ।
क्रान्तिकारी पत्रकार महासंघ नेपाल काठमाडौं जिल्ला समिति सदस्य समेत रहेका माझीलाई आएको यस्तो धम्की प्रति महासंघ नेपाल काठमाडौं जिल्ला समितिले घटनाको निन्दा गर्दै ध्यानाकर्षण भएको जनाएको छ ।
समितिले एक प्रेस विज्ञप्ति जारी गर्दै निजसञ्चारकर्मीले स्वतन्त्रतापूर्वक समाचार संकलन एवं लेख्न र प्रसारण गर्न र बाँच्न पाउने मौलिक अधिकारमाथि धावा बोल्दै मध्यरातमा एउटा सञ्चारकर्मीको बिनाकारण नै कार्यक्रम नै बन्द गरेर ज्यान समेत लिने धम्की दिँदै आतंकित बनाउने कार्यको घोर भत्र्सना गर्र्दै दोषीलाई तत्काल पक्राऊ गरी कानुनी दायरामा ल्याई प्रेस स्वतन्त्रताको प्रत्याभूति दिन सम्बन्धित निकायसँग जोडदार माग समेत गरेको छ ।