भ्रमपूर्ण अनुहार बनाएर बलिउडमा ब्यापार बढाउँदै रामगोपाल बर्मा
भाद्र २०– यो तस्विर हेर्नुहोस् त । तपाईले यो तस्विरलाई कति सेकेन्ड हेर्न सक्नु भयो ? बलिउडमा व्यापार गर्ने नयाँ शैली अपनाएका छन् रामगोपाल बर्माले ।
यो तस्विर बलिउड फिल्म भूत रिटर्नस्को पोस्टरको हो । यही फिल्मबाट बलिउडमा मनिषा कोइरालाले रिटर्न गर्दैछन् । भ्रमपूर्ण शैली अपनाएर बनाइएको तस्विरले सबैलाई भ्रममा फसाउँछ । अक्टोबर १२ मा रिलिज हुने यस फिल्ममा रामगोपालले नयाँ प्रयोग गर्ने भन्दै यस्तो पोष्टर सार्वजनिक गरेका हुन । २००३ मा भूत फिल्म बनाएर चर्चामा आएका रामगोपालले भूत रिटर्नस्बाट राम्रो चर्चा बटुल्ने योजनासहित यस्तो पोष्टर सार्वजनिक गरेका हुन् ।
अबोध बालिकाकोमा चारओटा आँखा छन् भने दुई नाक देखिन्छन् । तपाई तस्विरमा एक सेकेन्ड भन्दा लामो समय हेर्न समेत सक्नु हुन्न । जुन तस्विर हेर्नसाथ आँखा तिरमिराउँन थालिहाल्छन् । बालिकाको मुखबाट रगत बगेको समेत देख्न सकिन्छ । यो तस्विरमाथि रामगोपालले राम्रो व्यापार गर्ने योजना सहित पोष्टर सार्वजनिक गरेका हुन । जुन तस्विर अप्टिकल इलुजन प्रविधिबाट बनाइएकाले हेर्दा आँखा तिरमिराउँछन् । दर्शकलाई तान्ने यो शैली रामगोपालाको हो ।
प्रकाशित मिति:
September 05, 2012