• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Bichar » रविन्द्र मिश्रहरु चिच्याएको नसुन्नेहरुको लागि मात्रै ...!
रविन्द्र मिश्रहरु चिच्याएको नसुन्नेहरुको लागि मात्रै ...!


यतिबेला सामाजिक सञ्जाल फेसबुकमा एउटा ठूलै अभियान चलिरहेको छ । कुनै बेला भ्रष्टचारीलाई किरा परोस भनि लेखिएको टिसर्टहरु समेत भिरेर हिड्ने बिबिसी नेपाली सेवाका प्रमुख तथा हेल्प नेपालका संस्थापक रविन्द्र मिश्रहरुको सक्रियतामै यतिबेला भने चेस कम्युनिटी च्यालेन्सः हामी सक्छौँ, हामी गछौँ भन्ने अभियान चलिरहेको छ । जसमा रविन्द्र मिश्र दिनरात चिच्याईरहेका छन् ।

तर, उनको चिच्याईको महत्व बुझ्नेहरुका लागि निक्कै ठूलो कुरा छ । जुन अभियानमा तपाई हामीले फेसबुक मार्फत एक भोट गरेमा र हामीले गरेको भोट सही भएमा हाम्रै गाउँ ठाउँका लागि हजारौँ डलरहरु भित्रिने छ ।

जहाँ एक भोटको पनि महत्व अहिले आवश्यक छ । त्यही भोटले हेल्प नेपाल नेटवर्कले २ लाख ५० हजार डलर सम्म जित्नसक्ने र जसबाट गाउँगाउँमा शिक्षा र स्वास्थ्यसँग सम्बन्धित कयौँ कामहरु गर्न सकिने छन् ।

उक्त पुरस्कार जितेमा एक रुपैयाँ पनि प्रशानिक काममा नलगाउने बताएका रविन्द्र मिश्रले यो सामग्री तयार पारिरहँदासम्मको अपडेट गरेको उनको पेजमा भोट संख्या ३३ हजार पुगेको र भारतीयहरुले कडा रुपमा अभियान चलाएर चुनौती खडा गरिरहेको बताएका छन् ।

यसरी फेसबुकमा यो अभियान राम्रैसँग चलिरहे पनि १५/१६ लाख नेपालीले फेसबुक प्रयोग गरेता पनि अहिलेसम्म ३३ हजार नेपालीले मात्रै भोट गरेका छन् । यसमा यसरी नै नेपालीहरु सुतेर निदाइरहने हो भने नेपालीले एउटा सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पुग्ने उपाधीबाट हात धुनुपर्ने हुन्छ । यो एउटा अन्तर्राष्ट्रिय प्रतियोगिता जस्तै हो । यसमा भोट हाल्न कुनै खर्च गर्नुपर्दैन तर मात्रै करिब २ मिनेट समय दिए काफी सावित हुने छ ।

फेसबुकमा भोटको लागि सेयर गरिएका सामग्रीमा त्यही लाइक गर्ने र सेयर गर्नेको जति संख्या छ उनीहरु नै कति जना त त्यहाँ लिंकमा गएर भोट गर्न भने छुटिरहेका छन् ।

भोटिङ संख्याको आधारमा अहिलेसम्मको अवस्थामा नेपाल नै अगाडी छ तर भारतीयहरु दिउँसै राँको बालेर अघि बढीरहेका छन् । त्यसैले सबै नेपाली फेसबुककर्ता एकपटक उठ्नु हो भने जित नेपालीको हुनेमा दुई मत नै छैन ।

कसरी र कहाँ गर्ने त भोट
1. आफ्नो फेसबुक खोल्नुहोस्

2.त्यसपछि यहाँ Click गर्नुहोस

3. Vote बटनमा क्लिक गर्नोस्। संगै देखापर्ने Allow Applications मा क्लिक गर्नोस् अनि नयां पेज खुल्छ। त्यसमा Log in with facebook मा क्लिक गर्नोस्, कहिलेकाहिं page refresh गर्नुपर्छ नत्र Vote बटनमा क्लिक गरेपछि तपाईंको भोट प्राप्त हुन्छ ।

भोट गरौँ, सक्दो सेयर गरौँ । साथीभाई पनि भनौँ । अनि नेपाललाई जिताऔँ ।

प्रकाशित मिति: September 17, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • Miss Nepal Payal Shakya 2004
  • EC directs govt to halt Nepal Police transfers
  • आजको राशिफल September 23, 2013
  • तह थपबारे एमाले चुप बस्ला ? अब यस्तो हुनेछ राजनीति, यसरी हुनेछ चुनाव !
  • AISC recommends 4171 news posts in Nepal Army
गृह पृष्ठ |