दुर्घटनामा प्रहरी प्रमुख, प्रमुख जिल्ला अधिकारी र स्थानीय अधिकारीसहित ६ जना घाइते
असोज १ – सवारी दुर्घटनामा परी नवलपरासीका प्रहरी प्रमुख, निमित्त प्रमुख जिल्ला अधिकारी र निमित्त स्थानीय विकास अधिकारीसहित ६ जना घाइते भएका छन् ।
दुर्घटनामा नवलपरासीका प्रहरी उपरीक्षक ज्ञान विक्रम खड्का, निमित्त प्रमुख जिल्ला अधिकारी ओम प्रकाश पाण्डे, निमित्त स्थानीय विकास अधिकारी मानबहादुर खड्का, गाडी चालक र दुईजना सुरक्षाकर्मी घाइते भएका हुन् ।
नवलपरासीको दाउन्नेस्थित पूर्व-पश्चिम राजमार्गको पुल भत्केर आवागमनमा अवरुद्ध भएपछि त्यसको अवलोकन गर्न जाने क्रममा उनीहरु दुर्घटनामा परेका हुन् ।
प्रहरी प्रमुख, निमित्त प्रमुख जिल्ला अधिकारी र निमित्त स्थानीय विकास अधिकारी चढेको गाडी दाउन्नेको ओरालालोमा एक ट्रकसँग ठोक्किन पुगेको थियो ।
घाइते सबैको उपचार हाल भैरहवास्थित युनिभर्सल शिक्षण अस्पतालमा उपचार भईरहेको छ ।
प्रकाशित मिति:
September 17, 2012