भारतबाट पाँच हजार टन चिनी ल्याइने
असोज ५ – चाडवाडको समयमा चिनीको अभाव हुन नदिनका लागि सरकारले भारतबाट पाँच हजार टन चिनी ल्याउने भएको छ ।
चाडवाडको समयमा चिनीको सहज वितरण प्रणाली मिलाउनका लागि सरकारले नेसनल टे«डिङ लिमिटेडलाई निर्देशन समेत दिइसकेको छ ।
ट्रेडिङकै मागअनुसार हिजो बसेको मन्त्रिपरिषद्को बैठकले रु पाँच करोड ऋण उपलब्ध गराउने निर्ण गरेको थियो । सरकारले उपलब्ध गराएको रकमबाट पाँच हजार टन चिनी ल्याउन सकिने बताइएको छ ।
चाडवाडको समयमा चिनीको माग र आपूर्तिलाई सन्तुलन मिलाउनका लागि सो परिणाममा चिनी ल्याउने तयारी गरिएको नेसनल टे«डिङका महाप्रबन्धक प्रमिला यादवले जानकारी दिए ।
उनले भने, “हामीले चिनी आयातका लागि मागेको रकम सरकारले दिएको छ, ऋण नै भएपनि टे«डिङले रकम पाएको छ, सो रकमबाट १० दिनभित्रैमा दुई हजार ५०० टनको हाराहारीमा चिनी आयात गर्न सकिन्छ ।”
पहिलो चरणमा दुई हजार ५०० टन र दोस्रो चरणमा बाँकी चिनी ल्याइने महाप्रबन्धक यादवले जानकारी दिए ।
उनका अनुसार चाडपर्वका बेला उपभोक्तालाई चिनीमा राहत दिनेबारेमा पनि सरोकारवालासँग छलफल भइरहेको बताइएको छ ।
उपभोक्ता अधिकारकर्मीहरूले दशै तिहारजस्ता चाडवाडका लागि न्यूनतम् २० हजार टन चिनीको आवश्यकता पर्ने बताएका छन् । थप चिनी आयात गर्नका लागि निजी क्षेत्रलाई आग्रह गरिने बताइएको छ । रासस
प्रकाशित मिति:
September 21, 2012