असोज ६ – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षसमेत रहेका प्रधानमन्त्री डा. बाबुराम भट्टराई र सङ्गठन विभाग प्रमुख कृष्णबहादुर महराविरुद्ध भ्रष्टचारको अभियोगमा मुद्धा परेको छ ।
ती तीन नेताका विरुद्ध लडाकुका शिविरमा फर्जी लडाकु बनाएर राज्यको ढुकुटीबाट रु चार अर्ब भ्रष्टाचार गरेको आरोपसहित छानबिनको मागमा गर्दै अख्तियारमा उजुरी परेको हो ।
लडाकु रहेका शिविरमा भएको भ्रष्टाचारको छानबिनका लागि नेकपा एमाले निकट युवा सङ्घ नेपालले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी दिएको हो ।
केन्द्रीय पदाधिकारीसहितको टोली शुक्रबार उजुरी दिन अख्तियार दुरूपयोग अनुसन्धान आयोग पुगेर बुझाएको उजुरीमा राज्यको ढुकुटी दुरूपयोग गर्ने लडाकु र एमाओवादीका नेतालाई तत्काल कारबाही गर्न अख्तियारसँग माग गरिएको छ ।
यसरी, माओवादीले रकम हिनामिना भएको पाइएमा अख्तियारले अदालतको ढोका ढकढकाउन पुग्नेछ भने अदालतले पनि शिविरमा भ्रष्टचार भएकै हो भनेर फैसला गरिदिएमा एमाओवादीका नेताहरु पनि जेपी गुप्ता, खुम बहादुर खड्कासँगै जेल पुग्न कुनै बेर लाग्ने छैन ।
यसअघि, लडाकुको शिविरमा भ्रष्टाचार भएको भन्दै एमाओवादीले आन्तरिक छानबिन थालिसकेको छ भने नेपाली काँगे्रस र नेकपा (एमाले) बाट सेना समायोजन विशेष समितिमा प्रतिनिधित्व गर्ने समिति सदस्यलेसमेत सो विषयको छिनोफानो हुनुपर्ने माग बैठकमा नै गरिसकेका छन् । फोटो: फाइल सर्च- गुगल